Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाउ छोराको सेटिङ्गमा भेन्टिलेटरमा करोडौ भ्रष्टचार

काठमाण्डौ । काठमाण्डौ महानगर नगरपालिकाले राजधानीमा कोरोना प्रभावित जनताको पिडालाई कम गराउन सरकारी स्वमित्तोको विर अस्पताललाई भेन्टिलेटर र मनिटर खरिदका निम्ति मात्र होइन आवश्वयक सामाग्री खरिद गर्ने गरि रु ५ करोड अनुदान दिएको भोलि पल्ट देखि सामान भिडाउने कम्पनिको रुपमा म्याक्सिम इन्क कर्पोरेशन प्रा.लि प्रस्तुत भयो ।

सानो रकमलाई ठूलो बनाएर नितिगत कमाइ गर्दै आएका प्रधानमन्त्री केपि ओलीका निकटका चरित्रहरु यहाँ पनि देखिए । यति खेर विर अस्पतालले रु १७ लाखको दरले १५ वटा भन्टिलेटर खरिद गर्न तयारी गर्दा दलालहरुले १९ लाख ८३ हजार २४० रुपैयामा भिडाउने तयारी गरिरहेका छन् । त्यस्तै १ लखा २९ हजार पर्ने मनिटरको मुल्य रु २ लाख बनाएर भिडाइदै छ । ५०० सैयाको विर अस्पतालको लागि आवश्यक वेडको व्यवस्था गर्न चौधरी ग्रूप र नबील बैंकले सम्झौता गरिसकेका छन् । महानगरले दिएको कारण ५ करोड रुपैयामा कमिशन छुट्याएर भेन्टिलेटर र मनिटर भिडाउने कम्पनि स्वराज पोख्रेलको हो । उनी उपप्रधानमन्त्री इश्वर पोख्रेलका पुत्र हुन् । यीनकै कम्पनि ओम्नी समूह गत वर्ष कोरोनाको औषधी जन्य सामाग्री (किट, माक्स, ग्ल्योब, फेस सिल्ड, आदि) भिडाउदा ६ अर्ब घोटाला भएको सार्वजनिक लेखा समितिले छानवीनबाट पत्ता लगाएर कारबाही चलाउन अख्तियारमा उजूरी दिएको छ ।

सत्ताको निकट भए पछि राज्यकोषमा लुट मच्चाउन पाइन्छ भन्ने यो उधारण हो । अख्तियारमा परेको उजूरी छानबीन भएकोृ छैन । त्यही कारण अहिले त्यही टोली महानगरले लगानी गरेको ५ करोड रुपैयामा भेन्टिलेटर र मनिटर सप्लाइ गर्न बजार मूल्य भन्दा बढि रकम पेस गर्दै जनताको पिडा माथि मस्ती गर्ने तयारी गर्दै छ ।


सम्बन्धित समाचार