Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाक्लो हुस्सुका कारण भैरहवा उडान नभएपछि भरतपुर हुँदै बुटवल जाँदै लामिछाने

बाक्लो हुस्सुका कारण भैरहवा उडान नभएपछि भरतपुर हुँदै बुटवल जाँदै लामिछाने

काठमाडौँ — बाक्लो हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने भरतपुर भएर बुटवल जान लागेका हुन् ।

सहकारी ठगी मुद्दामा तुलसीपुर उच्च अदालतको बुटवल इजालासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको गत साउन २६ गतेको आदेश बदर गर्दै बिहीबार बिगो बराबरको बैंक जमानत लिएर शर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको थियो ।

लामिछाने रिहा हुनका लागि रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने अदालतको आदेश भएको थियो । ललितपुरको नख्खु कारागारमा रहेका उनी त्यसकै लागि भैरहवा आउने तय भएको थियो ।
शुक्रबार बिहान भैरहवा जान खोजेका लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा रोकिएका थिए । बिहान ७ नबज्दै विमानस्थल पुगेका उनी दिउँसोसम्म भैरहवाको मौसम नखुलेपछि भरतपुर विमानस्थल भएर गाडीमा बुटवल जाने भएका हुन् । लामिछाने काठमाडौंबाट दिउँसो २ बजेतिर भरतपुर भएर बुटवल गइरहेको रास्वपा नेता गणेश पराजुलीले बताए ।

लामिछाने थुनामुक्त हुने प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने भएपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गौतमबुद्व विमानस्थल बाहिर कार्यकर्ता प्रतीक्षामा छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल