Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमती कांग्रेसको विवाद छिनोफानो गरिँदै

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेता परिवर्तन गर्नका लागि १९ मत आवश्यक पर्दछ । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्नेछ । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । बानियाँले मुख्यमन्त्री लामाविरुद्ध प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारमा कांग्रेसबाट सहभागीमध्ये चार मन्त्रीले राजीनामा दिएका थिए । १४ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्री पाएको थियो । जनतामाझ कांग्रेसको छवि दिन–प्रतिदिन कमजोर बन्दै गएको र सरकारका काम–कारबाहीका कारण प्रदेशप्रति नै जनआक्रोश बढेकाले कांग्रेसको छवि सुधार्नु प्रमुख आवश्यकता देखिएको अविश्वास प्रस्तावमा भनिएको छ । उक्त कार्य वर्तमान संसदीय दलका नेताको नेतृत्वमा सम्भव नभएकोले संसदीय दलको नेतृत्व परिवर्तनको विकल्प नरहेको निश्कर्ष बानियाँ पक्षका प्रदेशसभा सदस्यहरूको छ । मुख्यमन्त्री लामाले राजीनामा नदिए मतविभाजनबाट संसदीय दलको नेताको छिनोफानो हुनेछ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल