Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमतीमा खटपट, पाण्डेमाथि दबाव

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि बागमती प्रदेसमा पाँचदलीय गठबन्धनमा ‘खटपट’ को संकेत देखिएको छ। ६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दबाब दिएका हुन्। नेकपा एकीकृत समाजवादीका नेता पाण्डे पाँचदलीय गठबन्धनको समर्थनमा वागमती प्रदेसको मुख्यमन्त्री बनेका हुन्। घटक दलले दबाब दिन थालेपछि एकीकृत समाजवादी वागमती प्रदेस संसदीय दलको बैठक आह्वान गरिएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार काठमाडौंमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो। संसदीय दलको बैठकमा सहभागी हुन सबै सांसदलाई काठमाडौं बोलाइएको छ। मुख्यमन्त्री पाण्डे भने यसअघि नै काठमाडौं पुगिसकेका छन्। पाण्डेले शुक्रबार पार्टी नेतृत्वसँग छलफल गरेका छन्। विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै उनले सत्ताहस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतको भनाइ छ।
पाँचदलीय गठबन्धनका तर्फबाट गत वर्ष कात्तिक ११ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदा ६ महिना पदमा बस्ने सहमति भएको कांग्रेस र माओवादीको भनाइ छ। सहमति कार्यान्वयनका लागि भन्दै दुवै दलले प्रदेस सांसदहरूको हस्ताक्षर संकलनसमेत सुरू गरेका छन्। नेपाली कांग्रेसका प्रुमख सचेतक छिरिङ दोर्जे लामाले सरकार बनाउँदै गर्दा ६–६ महिना नेतृत्व गर्ने सहमति भएको बताए।‘सरकार बनाउँदै ६–६ महिनाको सहमति भएको थियो। सहमति पत्र पनि बाहिर आइसकेको छ। ६ महिना कटिसकेको छ, बजेटका लागि हामी रूकेका थियौं,’ लामाले आयोमेलसँग भने,‘सहमतिमै सरकारको नेतृत्व छाड्ने कुरा हो। प्रक्रियामा जाँदा प्रदेससभा सदस्यहरूको हस्ताक्षर चाहिन्छ नै। त्यसैले संकलन गरिरहेका हौं।’

पूर्वसहमतिअनुसार मुख्यमन्त्री पाण्डेले आफैं सत्ता हस्तान्तरण गर्ने उनले विश्वास व्यक्त गरे। उनकाअनुसार ६ महिना एकीकृत समाजवादी र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको हो।