Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ललितपुर । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्देवारविरुद्ध बागी उठ्नेहरूलाई कारबाही गर्ने भएको छ। पार्टी केन्द्रीय अनुशासन समितिको शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका व्यक्ति, प्रस्तावक–समर्थकलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूबारेमा छलफल गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन् । बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ पारित गर्ने निर्णय पनि गरेको उनले जनाएका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल