Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाटो खन्दाखन्दै डोजरसहित तीन जना पुरिए, हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थलमा

काठमाडौं । धादिङको उत्तरी भेगमा रहेको दुर्गम रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेर पुरिंदा डोजर चालक, सहचालक र एकजना स्थानीय बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।