Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुराम भट्टराईको राजतन्त्र र केबी रोकायको हिन्दू अधिराज्य

आचार्य चाणक्यले भन्नुभएको छ, दुष्मनले प्रसंसा गर्न थाल्यो भने तिमी गलत ठाउँमा छौं । यदि दुस्मनले आलोचना ग¥यो भने तिमी ठिम ठाउँमा छौं । चाणक्यको यही नीतिलाई चीनमा माओले पटक पटक प्रयोग गरेका थिए । अहिले विघटित राजतन्त्रको चर्चा र आवश्यकता यस्तै राजतन्त्रका असली दुष्मनहरूले गरिरहेका छन् । यसकारण दुष्मनको प्रसंसादेखि सावधान ।
कुनै समय साँस्कृतिक राजाका पक्षधर डा. बाबुराम भट्टराईले यतिबेला राजाको आवश्यकता देख्न थालेका छन् । भट्टराई तिनै व्यक्ति हुन् जो भारतको गुप्तचर एजेन्सी र युरोपियन चर्चका केबी रोकायका उत्तराधिकारी हुन् । हुन त बाबुराम भट्टराईका ससुरा धर्मरत्न यमी महेन्द्रको मन्त्रिमण्डलमा थिए । त्यो नसो दरबारको इन्डो सिआइए केन्द्रसँग कहीं न कहीं जोडिएको हुनसक्छ । अर्का गणतन्त्रवादी रुकमाङगद बटवालदेखि कमल थापासम्मको एउटै आवाज बाबुरामकै शैलीमा सुनिन थालेको छ । द्रव्य शाहदेखि पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहसम्मको करिब ५ सय वर्षको शाहवंशीय राजतन्त्रको बिरासत छाड्ने क्रममा पूर्व राजा ज्ञानेन्द्रले मेरो बोलिदिने कोही भएन भनेर नारायणहिटीमा पत्रकार सम्मेलन गर्दै छाडेको कुरा रेकर्डमा छ ।
सत्य तीतो र तीतो यथार्थ हुन्छ । यतिबेला राजतन्त्रको आवश्यकता देख्नेहरू को हुन् ? यिनीहरूको हिजोको कार्यशैली के थियो ? त्यसबाट नै सबै कुरा प्रष्ट हुन्छ । प्रश्न राजतन्त्र र गणतन्त्रको होइन । एजेन्डासहित इन्डो पश्चिमी घेरा तोडिने या नतोडिने भन्ने हो । हिजो राजा हुँदा नै राजा विरेन्द्रको दुईवटा अत्याधुनिक कथित शाही नेपाली सेनाको घेराभित्र हत्या भएको थियो । त्यही घेराभित्रबाट गणतन्त्रको मार्ग तय भएको भन्दा अत्युक्ति नहोला । आजभन्दा करिब ५० वर्ष पूर्व कम्बोडियामा अमेरिकी गुप्तचर संस्था सीआइएको बफादार सेनाले तत्कालिन कम्बोडियाका सेनापति लोन नोलको नेतृत्ववमा राजा नरोद्दम सिंहानुकलाई हत्या गर्ने प्रयत्न ग¥यो । हत्या गर्न नसकेपछि रुस भ्रमणमा रहेको अवस्थामा सेनाले सिंहानुकलाई अपदस्थ ग¥यो । यसरी कम्बोडियामा सेनाले गणतन्त्र ल्याएको थियो । यसैगरी नेपालमा राजवीरेन्द्रको कत्लेआम गराइयो र ज्ञानेन्द्रलाई बदनाम गराउँदै अलोकप्रिय बनाएर हटाइयो ।
अलिहे जसले राजा ज्ञानेन्द्रलाई बदनाम गर्न रअ र सिआइए मिसनमा भूमिका निभाएका थिए । उनीहरू कसको लागि राजाको आवश्यकता देख्दैछन् ? नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन भनेर सैनिक षड्यन्त्र ढाक्ने र ज्ञानेन्द्रलाई बदनाम गर्ने उद्देश्यले रअको डिजाइनमा कान्तिपुर दैनिकमार्फत् विचार सम्प्रेषण गरेका बाबुराम भट्टराई र उक्त विचार प्रकाशित गर्ने तत्कालिन कान्तिपुर दैनिकका सम्पादक पत्रकार युवराज घिमिरेलाई राजतन्त्रको आवश्यकता किन परिरहेको छ ? चर्च मण्डलीका अध्यक्ष केबी रोकाय जसले युरोपियन चर्चबाट माओवादी युद्धका लागि १४ अर्ब सहयोग आफूले जुटाएको सगर्व घोषणा गरिरहेका छन् । उनलाई हिन्दू अधिराज्यको आवश्यकता किन ? आफैंमा प्रश्नचिन्ह खडा छैन र ? अबको बाटो कम्बोडियामा जस्तै २०५८ जेठ १९ गते औचित्य समाप्त भएको कथित सेनाको विघटन र पुरानो राजतन्त्र लाओस् या कम्बोडियाको मोडलमा अवतरण मात्र हो । जुन घेराबाट राजा विरेन्द्रको कत्लेआम गरियो त्यही घेरालाई कायम राखेर राजतन्त्र पुनस्र्थापनाको औचित्य छैन र, तीन करोड नेपाल्ी जनता राजतन्त्रको पक्षमा उभिए पनि यो घेराबाट राजतन्त्र पुनस्र्थापना हुने छैन । किनकि नेपालमा चीनको उपस्थिति भारत अमेरिकासँगै आमने सामने भइरहेको छ । हेक्का रहोस् कुनै न कुनै रूपमा चीनले राजा वीरेन्द्रको हत्याको बदला लिएर छाड्नेछ । नक्कली राजाावादी, नक्कली गणतन्त्रवादीले हेक्का राख, तिमीहरूको भ्रमको खेती अब समाप्त भइसकेको छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै दृष्टिविहिनहरूले हरियो देख्नु अस्वाभाविक होइन । इतिहासमा तिमीहरूको अपराध दस्तावेजीकरण भइसकेको छ । भावी पुस्ताले तिमीहरूको मृत्युपछि पनि थुकिरहने छ । माओवादी युद्धकालमा गण्डक इञ्चार्ज हुँदा पुराण बाचक नारायणप्रसाद पोखरेल र संस्कृत पढाउने गुरु मुक्तिनाथ अधिकारीको हत्या क्रिश्चियन मिसनअनुसार डा. बाबुराम भट्टराईले गराएका थिए । मुक्तिनाथ अधिकारीलाई कक्षाबाटै थुतेर लैजाने बागलुङका देवेन्द्र पौडेल थिए । यतिबेला बाबुराम जस्तो राष्ट्रघाती, जनविरोधी, देशद्रोही, अधर्मीले राजाको आवश्यकता देख्नु र केबी रोकायले हिन्दू राष्ट्रका कुरा गर्नु, प्रैम कैदीले नरहरिनाथ र गोरखनाथको कुरा गर्नु हास्यास्पद इन्डो पश्चिमी मिसनको नाटक मञ्चन मात्रै हो । सबैलाई चेतना भया ।