Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेस बिग्रे पञ्च हुन्छ, कम्युनिष्ट बिग्रिए आची हुन्छ भन्ने स्व गणेशमान सिंहले २०४३ सालमा यो शब्द बोल्दा अखिलमा लागेका विद्यार्थीहरूले भारतीय दलाल काँग्रेसले बोल्ने र काम गर्ने फरक हुन्छ भन्थे । गणेशमानको काँग्रेस त्यो बेला ०३८ से समूहबाट प्रभावित थियो । श्रीभद्र शर्मादेखि अर्जुननरसिंह केसी, परशुनारायण चौधरीहरू पञ्चायतमा लाग्दा गणेशमानको त्यो शब्द पच्य थियो । तर कम्युनिष्ट पार्टीको पाँचौं महाधिवेशन पछि केशरजंग रायमाझी पथले राजाको शरण लियो ।
विचार र सिद्धान्तमा दृढ छुट्टै धातुका कम्युनिष्टहरू पतनको शिखरमा पुग्दा कस्तो रुप र चरित्र देखाउँछन् भन्ने छायाँ यस पटक डा बाबुरामको चमेरे नीतिले छताछुल्ल भयो । डा. बाबुराम भनेर भएन । पार्टी अदल बदलमा माओवादी त्यागेर मधेशवादी बन्दै जनता समाजवादी हुँदै त्यो पनि त्यागेर समाजवादी पार्टी, नयाँ शक्ति बन्दै प्रगतिशिल लोकतान्त्रिक पार्टीमा रुपान्तरण भएका डा. बाबुराम यस पटक रास्वपाको मोहजालमा राम्रैसँग फसेका हुन् । तर उसले पत्याएन बालेन शाह जस्तो कुनै सिद्धान्त, नीति कार्यक्रम नभएको राजनीतिक चेतना शून्य अनुहारसँग समेत बाबुरमको आउजाउ भयो । बाबुराम चाहन्थे छोरी मानुषीका लागि रास्वपाबाट संसदको पद ग्यारेन्टी गरौं । तर संगठन छैन । एक्लो बाबुरामको विज्ञता सधैं कति विकोस् । गोरखामा उनले हजार मत पाउँथे होला । प्रचण्डले पार्टी सत्ता दिएन भन्ने रिसले पार्टीबाट विद्रोह गर्दा बाबुरामको नयाँ टिमको घोषणा पार्टी प्रचारको खर्च समेत पारदर्शी भएन । उनीसँग गएको टिम सबै पुरानै घरमा फर्कियो । आज बाबुरामको नीति नत उनकै घर गाउँमा पाच्य छन् नत देशको कुनै राजनीतिक शक्ति र समूह पछि लाग्छ ।
डा. बाबुरामसँगै पतन भएका नेता नेत्रविक्रम चन्द र जनार्दन पनि कुहिएकै कुभिण्डो भएका छन् । जुन वस्तु कुहिएपछि फाल्ने नै हो । यी तीन जनाको उद्देश्य नेकपाको संयोजक पुष्पकमल दाहालको राजनीति तहस नहस पार्ने हो । तर उनीहरू आफैं सकिए । यिनको वर्गीय चरित्र माक्र्सवाद विरुद्ध छ । कम्युनिष्टको नयाँ सामन्तहरू मोहन वैद्य, सीपी गजुरेल जसरी राजनीतिबाट समाप्त हुँदै लेटरप्याडमा अस्तित्व बचाउनु पर्ने अवस्थामा पुगेका छन् । जतिसुकै विद्वान भए पनि डा. बाबुरामको हालत त्यही हो । उनले मौका पाएकै हुन् । आफू सबैतिर विज्ञ ठान्ने केपी ओली प्रवृत्ति बाबुरामको प्रवृत्तिसँग मिल्छ । माओवादीलाई घेराउ गर्दै आफ्नो वरपर राजनीति मियो चलाउन सक्ने स्थिति यिनको थिएन । गोरखा २ बाबुरामले संगठन बनाएर राजनीति धरातल बलियो भएको पनि होइन । वाचस्पती देवकोटा माओवादी त्यागेर एमालेमा पलायनले त्यो पार्टी सकिएन । गोरखा नेकपा मशालको संगठन जनयुद्धको आधार इलाका धान्न सक्ने अवस्थामै थियो । आज पनि त्यसको अवस्था बलियो छ चुनावमा हारजित हुन्छ नै । बाबुरामले काँग्रेसका उम्मेदवारलाई नैतिक समर्थन गर्नु किन पथ्र्यो । आफ्नो पछाडि हिँड्ने जमात नहुँदा थचक्कै बसेको भए पनि ज्युदाका जन्ती मर्दाका मलामी त नेकपामै हुन्थे तर उनले त्यो ख्याल पनि गरेनन् । उनको रुचि रास्वपाले राष्ट्रपति दिन्छ र खाउला भन्ने थियो । राजनीतिमा गलत बाटोमा चिप्लेपछि उम्कन कठिन छ । अब डा. बाबुरामको बोल्ने ठाउँ छैन । किनकि जुन बेला उनले नेपाली कम्युनिष्ट पार्टी भन्दा नेपाली काँग्रेस मित्र ठाने त्यसपछिका दिनमा त्यो पतनको बाटो पुरिँदैन । किनकि गोरखा २ लेखनाथले चुनाव हारे पनि माअोवादीको संगठन भएकै ठाउँ हो । डा. बाबुराम आफैं उपस्थित भएर आफ्ना एजेन्डाको मत रुखमा दिन लगाउन सके पनि अर्थ भएन तर रिस खा आफू भएको छ । जोरी खोज्ने गोरुको सिङ भाँचिन्छ । आज डा. बाबुराम, जनार्दन र नेत्रविक्रमको क्रान्तिकारी सिङ भाँचिँदैछ । विचार, सिद्धान्त, व्यवहारमा चिप्लेपछि त्यो समूहप्रति कसैले कठै भन्दैन । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रको रक्षा गर्ने मुल दायित्व राज्यसत्तामा रास्वपा पुगे पनि समयले नेकपालाई सुम्पेको छ । जनताले आजको अवस्थामा एमालेको केपी मण्डलीप्रति जसरी घृणा गर्दैछ त्यसको छायाँले बाबुराम, जनार्दन र नेत्रविक्रमसम्मलाई ढाक्ने छ । समय आउँछ कुर्नु पर्दैन ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल