Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । देशको राष्ट्रिय ध्वजा बाहेक कम्पनीलाई उडान नदिने दिएको उडान रोकेर कर्मचारीले निजी कम्पनीसँग घुस खाने प्रतिस्पर्धाले नेपाल बायुसेवा निगम डूबेको हो । निगमसँग ४ वटा अन्र्तराष्ट्रिय उडान गर्ने जाहाज छन् । तर चार्टर उडानको काम पाउछ केपी ओलीको विश्वास प्राप्त हिमालयन एयरले नेपालका पहाडी भेगको उडान पनि निगमले छाड्यो । कम्युनिष्टहरु देश भक्त राष्ट्रवादी हुन्छन् भन्ने पूरातन कुरो अब रहेन । स्वार्थको लागि देशको हित विपरित खुलम खुला डाँकागिरी गर्ने एमालेको ओली ब्राण्डले बायुसेवा निगमको व्यापार हिमालयन एयर, यति एयर र तारा एयरलाई दिलाएको त्यहाँका कर्मचारीहरुलाई थाहा छ । निगम निजीकरण गर्ने डिजाईन विरुद्ध आन्दोलीत कर्मचारीले निगमको व्यापार घटाउने ओली शासन विरुद्ध बोल्ने आँट गरेनन् ।
निगमसँग पाईलट पनि छन्, उडान कर्मचारी पनि छन् तर तीनलाई व्यवस्थापनले यथेष्ट काम दिदैन । आर्थिक रुपमा संस्थानलाई जर्जर बनाउन कसरी सकिन्छ त्यसमा निगमका कुराको ध्यान छ । महाप्रबन्धक, विभागीय प्रमुखहरुले मात्र होइनन् कार्यकारी बनेर ल्यार्ईका डिम प्रसाद पौडेलहरुको कामै आफ्नो कमाईको छ । कर्मचारीले जहाँ जागिर खान्छ त्यो संस्ूथानको हित सोच्दनै भने त्यो जस्तो अपराध अरु हुन्न तर निगममा अपराध धेरै भएका छन् । नेपालका पहाडी क्षेत्र मुस्ताङ्ग डोल्पा, बझाङ्ग, आछम, ताप्लेजुङ्ग जस्ता जिल्लामा निगमले उडान गर्दैन । कोरोनाका बेला अन्र्तराष्ट्रिय उडानको कोटा पनि काटेर हिमालयन एयरलाई पोस्ने काम हुँदा राज्यको संचालन गर्नेहरुको चरित्र उदाङ्गो भयो ।
मासीक पाँच सय घण्टा उडान गर्नु पर्ने निगमलाई २ सय घण्टा ४२ मिनेट उडान लगाइनु नै संस्था टाट पल्टिनु हो । निगमको इन्जीनियरिङ्ग विभागमा बसेर पाटपूर्जा चोर्नेलाई सघाउने अच्यूत पहाडीले आन्तरिक वेथिति ओकलेका छन् । उनी कार्य रत रहदा जस्तो थियो त्यस्तै हालत अहिले छ भन्ने कुरा उनी स्वीकार्छन् । आफ्ना जहाज थन्क्याएर निजी क्षेत्रलाई व्यापार दिने निगमको बोर्ड कति अपराधी कर्म गर्छ त्यो पर्यटन मन्त्रालय हाँक्ने मन्त्री र सचिवलाई थाहा छ । तर कम्युनिष्टहरु काँग्रेस भन्दा भ्रष्ट हुन्छन् भन्ने कुरा विगतले पनि देखाएकै हो ।
भएका जाहाजलाई यथेण्ठ काम दिने भन्दा निजी कम्पनीसँग घुस लिने चलन निगम बोर्डमा छ । एतिएयर र तारा एयरका लगानीकर्तालाई निगम बोर्डमा छ । एतिएयर र तारा एयरका लगानी कर्तालाई निगम बोर्डमा राख्ने प्रवृत्ति विरुद्द पनि कर्मचारी संगठनहरु बोल्दैनन् । पर्यटकीय क्षेत्रमा निगमले उडान नगर्नु निजी कम्पनीसँग घुस खानु नै हो । पाइलट र कर्मचारीको पनि त्यहाँ अपराध छ । निगमका पाइलट रु १ लाख ९९ हजार ७३० तलब लिन्छन् त्यही स्तरका करार पाईलटले रु ७ लाख १२५ हजार सम्म तलब लिदा राज्यको दायित्व यहाँ देखिएन । हप्तामा आठ घण्टा काम दिने स्थायी पाइलटको तलब र करार नियुक्ति गरिएका पाइलटको काम एउटै हो । करारका पाइलटले मासीक रु ७ लाख २५ हजार तलब लिएर गर्ने काम कति हो ? यस्तो विकृति विरुद्ध कर्मचारी संगठन र संघ किन बोल्दैनन् ? जाहाज किन त्यो नउडाइ ग्यारेजमा राख्यो अर्ब डूबायो । यस्तो विकृति छदैछ । एतिएयरले त निगम ध्वस्त बनायो । केपी ओलीको सम्वृद्दि र विकासले गरेको प्रगति वायुसेवा निगमको घरायसी करण हो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल