Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आठ पदाधिकारी निलम्बनमा परेका छन्।
इस्कोनका अनुसार अन्तर्राष्ट्रिय समितिले सेप्टेम्बर १४ अर्थात् भदौ २८ गते गरेको निर्णयअनुसार अध्यक्ष परमेश्वर अच्युत दास भनेर चिनिने प्रदीप भण्डारीबाहेक केन्द्रीय तथा क्षेत्रीय तहका पदाधिकारीलाई निलम्बन गरिएको हो।
निलम्बनमा पर्नेमा क्षेत्रीय सचिव इगोर ओबोलोन्कोभ (पत्री दास), नेपाल कार्यकारी समितिका सचिव रुपेश्वर गौर दास (रुपेश जोशी), उपाध्यक्ष सुचारु गोपी देवी दासी (सोइन्जा श्रेष्ठ), भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुरजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष दिव्या राधिका देवी दासी (देवीना साख), कार्यकारी सदस्य पुष्पाञ्जली देवी दासी (प्रेमा चन्द), उपाध्यक्ष महाप्रभु कृपा दास (सविन रेग्मी) र सचिव हरिहर करुणामय दास (हरेन्द्र ठाकुर) छन्।
बूढानीलकण्ठस्थित इस्कोन आश्रममा केही महिनाअघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए।
इस्कोनको अन्तर्राष्ट्रिय समितिको निर्देशनअनुसार घटनासँग सम्बन्धित जिम्मेवारीमा रहेका अन्य पदाधिकारीलाई समेत निलम्बन गरिएको जनाइएको छ।
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल