Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारले कस्तो सन्देश देला ?

मधेशवादी पार्टीको नेता बन्न पुगेका डा.बाबुराम भट्टराईविरुद्ध यतिखेर नेपाल कम्युिनष्ट पार्टीका युवा नेताहरु खनिन थालेका छन् प्रधान मन्त्री केपी ओलीको कार्यशैली र अंहकार विरुद्ध आक्रामक ढंगगले प्रस्तुत भएका भ भट्टराई विरुद्ध देखिएको अंहकारको पछाडी बालुवाटार रहेको सबैलाई थाहा छ । पार्टीको अस्थित्वलाई भन्दा आफ्नै एकलौटी पहिचान देखाउँदै आएका प्रधान मन्त्री ओली यो बेला यति विवदित भए जुन बेला देशमा राष्ट्रिय एकताको आवश्यकता थियो । विश्व माहामारीको रुपमा कोरोनाबाट पिडीत रहँदा प्रधानमन्त्री ाई गुटीय भातभान्सा मिलाउँदैमा समय वित्यो । उनका पौरखी युवाहरु प्रहरी महाानिरिक्षकको सहयोग लिएर महोत्तरी र धनुषा घुम्दै हिँडे । प्रधान मन्त्रीको पाटी विभाजन गर्ने सपना सफल भएन । अहिले नेकपाको स्थाई समिती र सचिवालयमा पनि प्रम ओली पक्षधरकै बढी आलोचना हुने गर्दछ । बितेका कुरा आत्मा आलोचनासहित सच्चाउने र आगामी कार्यक्रमहरुलाई पार्टी देश जनता र कार्यकर्ताको पक्षमा प्रस्तुत गर्ने विश्वासिलो आधार पार्टी अध्यक्ष र प्रधान मन्त्रीको हैरियतबाट दिलाउनु जरुरी छ ।
सबैलाई थाहाँ छ ओलीले प्रधान मन्त्री पद छाडेको खण्डमा पुष्पकमल दाहाल होइनन् । माधब नेपाल अथवा पुर्व एमाले पक्षधर कुनै पनि नेताका निम्ति सहज रुपमा छाड्ने देखिँदैन आफु अस्वस्थ भए पनि दरिलो आत्मा विश्वासले ओलीलाई बलियो बनाएको छ उनको त्यो बल पार्टीको शक्तिले भन्दा गुटले दिलाएको छ । नेताबन्न नसकेका तर गुट परिचालक र संरक्षक बनेका ओलीका माहावाडीहरु जति सुन्न लाएक छन् त्यो रुपमा व्यवहारिक पक्ष कमजोर भएको नितीगत भष्टचारले छर्लड्ग बनाएको छ । अहिले विवाद हाइन मेलमिलापको समय हो गल्ती गर्नेले सच्याउने जिम्मेवारी पुरा नगरनेले आत्माआलोचना गर्ने माहोल बनाउनु जरुरी छ । आज र भोलि सरकारी निवास बालुवाटारमा नेकपाका नेताहरुको जमघटले कस्तो निष्कर्ष दिने हो प्रतिक्षा गर्ने पदर्छ ।


सम्बन्धित समाचार