Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिमावर्ती क्षेत्रका भारतीय व्यापारीहरुले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै जुलुस निकालेका छन् । नेपाल सरकारले भारतबाट ल्याइने सामानमा कडा भन्सार नीति लागू गरेपछि आफ्नो व्यापार सुकेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् । नेपाल सरकारले नेपाली रुपैयाँ १०० लगभग भारतीय ६३–६५ भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क ५ देखि ८० प्रतिशतसम्म अनिवार्य रूपमा लागू गरेपछि सीमावर्ति क्षेत्रका भारतीय व्यापारी तनावमा परेका छन् । उनीहरुको व्यापारमा भारती गिरावट आएको छ । यसले दैनिक उपभोग्य वस्तु (किराना, चिप्स, कोल्ड ड्रिंक्स, फलफूल, बिस्कुट आदि) मा पनि प्रभाव पारेको छ । सीमावर्ती बजारहरू जस्तै, रक्सौल, जयनगर, भैरहवा नजिकका भारतीय बजारमा नेपाली ग्राहकहरूको संख्या ह्वात्तै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसबाट पसलदार, अटोरिक्सा चालक, कुल्ली र साना व्यापारीहरूको दैनिक व्यापार सुक्न थालेको जनाइएको छ । नेपाल सरकारको कदमविरुद्ध भारतीय व्यापारीहरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, यो नीतिले हाम्रो जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ । नेपाल सरकारले तुरुन्त यो निर्णय फिर्ता लेओस् । केही ठाउँमा ‘बालेन सरकार मुर्दाबाद’, बालेन सरकारका काला कानून मुर्दावाद, नेपालीओं संघर्ष करो जस्ता नारा लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । नेपालमा पनि मधेसी दलहरु र कांग्रेसले सरकारले लगाएको भन्सारको विरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको राजस्व संकलन बढाउने, अनौपचारिक व्यापार रोक्ने र स्थानीय व्यापारीलाई संरक्षण दिने उद्देश्यले यो निर्णय लिएको हो । भारतको विदेश मन्त्रालयले यो नेपालको आन्तरिक नीति भएको तर दैनिक जीवन र परम्परागत व्यापार प्रभावित नहोस् भन्दै चासो व्यक्त गरेको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल