Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिएकै दिन बालुवाटार छाड्ने भएकी छन्।
बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिँदैछन्।
प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन् र निर्वाचनपछि निजी निवासमा फर्किदैछिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्।
बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वर्तमान प्रधानमन्त्रीले छाडेर निजी निवासमा फर्कनुहुन्छ, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने।
प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।
जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी कार्कीले निर्वाचन सम्पन्न गराएर परिणाम आएसँगै नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर निजी जीवनमा फर्कन लागेकी हुन् ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल