Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने मतको कदर गरेर अगाडी बढ्नुहोस

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई दिएका छन् । शुक्रबार स्थापितले उनलाई मेयर पदमा निर्वाचित साहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका हुन् ।

काठमाडौं महानगरबासीले साहलाई भरोसा गर्र्दै मत खसालेको बताउँदै स्थापितले भनेका छन् स् ‘काठमाडौँ महानगरबासीले तपाईँमाथि भरोसा गर्दै मत पेटिकामा खसालेका हरेक पत्र पत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।

स्थापितले लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुने सुनिता डंगोललाई पनि म शुभकामना दिएका छन् । उनले भनेका छन् ‘तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।

त्यस्तै काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गरेका अध्यक्ष र विभिन्न वडाबाट विजयी भएका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गरेका छन् । उनले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक नभई सेवक भएर काम गर्न आग्रह गरेका छन् ।

जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको बताउँदै उनले यहाँको विकास र समृद्धि प्रतिको आफ्नो आकाङ्क्षा भने न​धर्मराएको बताएका छन् । उनले आफुलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा एमाले प्रति पनि आभार व्यक्त गरेका छन् ।

आफु पटक–पटक लडेर पनि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको बताउँदै उनले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको बताएका छन् । ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’

उनले आफुलाई विश्वास गरेर मतदान गर्ने सबै मतदाता, महानगरवासी,उम्मेदवारी दर्तासँगै आफ्नो चुनावी अभियानमा खटिएका पार्टीको विभिन्न तह–तप्कामा रहने सबैमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल