Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुशासनका निम्ति युवालाई मैदान उतार्ने मुख्य योजनाकारका रुपमा मानिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई बाहिरको माहोल के छ ? भनेर जिज्ञासा राखेकी थिइन्त्य सपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए। बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा थियो। सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन् ? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन ? बालेनले भने। बालेननिकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिइन्। उनीहरूबीच करिब आधा घण्टा जति कुराकानी भएको स्रोतको भनाइ छ। बालेनले जेनजी आन्दोलनमा समर्थन र सहजीकरण गरेका थिए। भदौ २४ गतेको विध्वंशपछि बालेनले नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेका थिए। त्यसपछि उनले अब जेनजीले सेनासँग वार्ता गर्नुपर्ने, अन्तरिम सरकार बनाउनुपर्ने र त्यसअघि संसद विघटन हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए। नभन्दै वार्ताको सहजीकरण सेनाले नै गरेको थियो। बालेनको समेत समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। जेनजी आन्दोलनमा भएको दमन र विध्वंशका बारेमा छानबिन गर्न सरकारले गत आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। तर, उक्त आयोगले अहिलेसम्म पनि कार्यभार सम्हाल्न सकिरहेको छैन। गृह मन्त्रालयको कर्मचारीतन्त्रले अहिलेसम्म पनि कार्कीको शपथ र कार्यालय व्यवस्थापनका विषयमा कुनै पहल गरेको छैन। जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जनाको ज्यान गएको थियो।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल