Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मुलुकलाई थिति बसाल्ने भनिन्छ तर आफ्नो स्वर्थ मुलुकभन्दा माथि पुगेपछि मुलुक अस्थिर बन्छ, बिना काममा समय सकिन्छ । प्रतिनिधिसभाको पहिलो अधिवेसन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ। गत पुस २५ देखी बैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो। बैठक हिजो राती १२ बजेबाट अन्त्य भएको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद बैठकमा पेश भएका केही विधेयकलाई सबन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरु माथि दफावार छलफल भने सम्पन्न भएका छन्। तर, झन्डै ४ महिनासम्म चलेको संसदले कुनै पनि बिद्येयक भने पारित गर्न सकेन। यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विधेयक सबन्धी पहिलो अधिवेसनले गरेको काम कारबाहीका बारेमा भनिएको छ। यसैगरी, राष्ट्रियसभाबाट उत्पति भएर आएका बिद्येयक माथीको दफाबार छलफल भने पहिलो अधिवेसनमा सम्पन्न भएको छ। ‘राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ,’ पहिलो अधिवेसनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल