Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि २३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओका लागि १४ लाख ५८ हजार २ सय ७८ जनाले १ करोड ५७ लाख १६ हजार ७ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । एक हजार ५ सय ६ जनाको आवेदन भने रद्द भएको थियो ।
कम्पनीले ८० हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले नेपाली श्रमिकलाई ९ हजार ७ सय कित्ता शेयर बिक्री गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ बिक्री गरेको हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल