Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता, एक जना पौडिएर निस्किए

चितवन । बिरामी बोकेको भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाका अनुसार भ्यानमा चालकसहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरुमा रोक्काका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का, उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षका सूर्य केसी रहेका छन् । उनीहरूको खोजी जारी रहेको छ ।


सम्बन्धित समाचार