Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीआरआई विवादले काँग्रेसमा बढायो दुरी

काठमाडौं । बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ कोपअपरेसन फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए। फ्रेमवर्कका कतिपय विषय गोप्य राखिएको भन्दै कांग्रेसका नेता शेखर कोइरालाले संसदमा छलफल गराउनुपर्ने पक्षमा उभिएको केन्द्रीय सदस्य डा। गोविन्द पोखरेलले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीको विदेश नीतिमा कांग्रेस हिँडेको कोइरालाको आशंका छ। पार्टीभित्र समीक्षा नगर्ने हो भने पार्टीको आफ्नै विचार हराउने कुरामा शेखरले चिन्ता जनाएको पोखरेल बताउँछन्। बीआरआईको विषयले पार्टीभित्र विवाद चर्काउने उनको भनाइ छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यही विषयले प्रवेश पाएको छ। नेताहरूले बीआरआईमा भएको के हो, प्रष्ट पार्नुपर्ने कुरा उठाएको सहमहामन्त्री जीवन परियारले बताए। परराष्ट्रमन्त्री डा। आरजु राणाले ऋण नलिएको पार्टीलाई जानकारी गराएकी छन्। यद्यपि, उनलाई सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोलाइएको थिएन। कोसीका शेखर पक्षीय नेता एवं पूर्वमुख्यमन्त्री केदार कार्कीले परराष्ट्रमन्त्री राणाको भनाइ खण्डन गरे।उनले बीआरआई अनुदान हुनै नसक्ने भन्दै यसमा जनतालाई ढाँटेको बताए। यही विषय पार्टीमा जोडतोडले उठ्ने उनी बताउँछन्। बीआरआई सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सम्झौता अघि बढ्ने राणाको भनाइ छ।
मंसिर १८ गते शेखर कोइराला पक्षले मोरङमा राखेको भेलापछि कांग्रेसभित्र थप विवाद भुसको आगोझैँ सल्किएको नेताहरू स्वीकार गर्छन्। शेखर पक्षीय नेताहरू महामन्त्री गगन थापाप्रति आक्रामक सुनिन्छन्। कोसीमा शेखर पक्षले भेला राखेको भन्दै रोक्नको लागि गगन थापाले पत्राचार नै गर्नुपरेको थियो। तर, गगनको पत्रले पनि काम गरेन। शेखर पक्षले कोसीको मोरङमा पालिका सभापतिहरूको भेला राखी छाड्यो। सो भेलामा १४ जिल्लाबाट ११३ वटा पालिका सभापति सहभागी भए। जसको उद्घाटन शेखर कोइरालाले गरे। संस्थापन पक्षले १८ गतेको पालिका सभापति भेला रोक्न निकै जोड गरे पनि असफल भएको उनी पक्षीय नेता केदार कार्की दाबी गर्छन्। पालिका सभापतिको भेला गुटको भएको देउवा पक्षले आरोप लगाएको छ। तर, संस्थापन पक्षले जिल्ला सभापति भेला राखेको र महामन्त्री पुगेको, कोषाध्यक्ष भेला राखेर एकवर्षअघि नै गुटकै अभ्यास गरेको कोइराला पक्षीय नेता कार्कीको भनाइ छ।
संस्थापनले कार्यक्रम रोक्न खोजेर तानाशाही प्रवृत्ति देखाएको शेखर पक्षीय केन्द्रीय सदस्य डा। पोखरेल आरोप लगाउँछन्। भेला भव्य र सानदार भएपछि संस्थापन पक्ष अत्तालिएको उनी बताउँछन्। देउवा पक्षका नेताले पनि मंसिर २२ गते कोसी प्रदेश प्रथम अधिवेशन गरे। सो कार्यक्रममा कोइराला पुगेनन्। उनले बहिष्कार गरेको हल्ला फैलियो।