Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुजाता कोइरालाको बेबि किङको धारणा बाहिर हेर्दा राजतन्त्रको पक्षमा जस्तो देखिए पनि यथार्थमा त्यस्तो होईन । यो उनका बुबा गिरिजाप्रसाद कोइराला र तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवालले बोकेको तत्कालीन राजा ज्ञानेन्द्र र युवा राजा पारस शाहले अश्विकार गरेको बासी एजेन्डा हो । कसरी अश्विकृत भयो बेबि किङ ? अमेरिकी योजनामा सेनाको सुरक्षाकवजको रूपमा बच्चा राजा राख्ने प्रस्ताव कटवाल मार्फत् गिरिजाप्रसाद कोइरालालाई सुझाइयो । तत्पश्चात् गिरिजा बेबिकिङको एजेन्डा बोल्न थाले । यो एजेन्डा राजाले अश्विकार गरेपछि तत्कालीन अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिदा हुने क्रममा राजा ज्ञानेन्द्रलाइ गाली गर्दै गएका थिए । राजा ज्ञानेन्द्रले बेबिकिङ अश्विकार गरेपछि तत्कालीन माओवादी नेता बाबुराम भट्टराईलाईद्वारा ‘रअ’ ले सास्कृतिक राजाको एजेन्डा बोल्न लगायो बाबुरामले कान्तिपुर टिभिमा ईन्द्र लोहनीलाई अन्तरबार्ता दिँदै साँस्कृतिक राजा राख्न सकिने अभिव्यक्ति दिए । अहिले बेबिकिङको सिआइए एजेन्डा राप्रपाका रबिन्द्र मिश्र, सौरभदेखि सुजाता कोइराला सम्मलाई बोल्न लगाइएको छ । यस्ता बासी एजेन्डाहरू प्राय पत्रकार आवरणमा रहेका नेपालको इन्डो÷ अमेरिकी मिसनको सैनिक केन्द्रसँग जोडिएका अनुचरहरू मार्फत् फाल्ने गरिन्छ ।
राजा र राजा वरिपरिको घेरा फरक हो । तर जनसाधारणलाई राजा वरिपरिको घेरा नै राजाका शुभचिन्तक हुन् भन्ने भ्रममा पारिएको छ । अहिलेको अवस्थामा राजा ज्ञानेन्द्र ०४७ कै संविधानमा पनि फर्कनुहुने छैन । किनभने उहाँले धेरै कुरा बुझिसक्नु भएको छ । कसरी ? २०२८ सालमा राजा महेन्द्रको हत्या गरेर बिरेन्द्रलाई बेबिकिङकै अवधारणामा कसरी दुरुपयोग गरियो । २००७ सालमा स्वयं राजा ज्ञानेन्द्रलाई बेबिकिङ बनाएर कसरी दुरुपयोग गरियो ? अब राजा ज्ञानेन्द्र र युवा राजा पारस यस्ता बासी एजेन्डामा होईन पृथ्वीनारायण शाहको नेपाल एकीकरण लिगेसिको नेपाली मोडेलको गद्दाफिको खोजिमा हुनुपर्छ । सेनाले गणतन्त्र ल्याएको यो १६ बर्षमा कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगिसकेको छ । यस्ता बासी एजेन्डामा कोही पनि खेल्न नखोज्दा हुन्छ । यो युग बेबिकिङ, कल्चरल किङ, संबैधानिक राजाको अमेरिकी एजेन्डाको युग होईन ।
किन बहिष्कार भयो राम मन्दिर उद्घाटन
अयोध्यामा निर्माण गरिएको राममन्दिरको उद्घाटनमा शङकराचार्य पिठका चारै जना जगदगुरु हरूले अनुपस्थित हुने निर्णय गरेर बिश्वभरका मानबहरूलाई धर्म भनेको धारणगर्ने हो, पाखण्ड देखाउने होईन भन्ने सन्देश दिनुभएको छ । आदिनाथ भगवान् शिव अवतार शंकराचार्यले स्थापित गर्नुभएको पिठका जगदगुरुहरूलाई बिश्वभरिका सनातनी हिन्दूहरूले मात्रै होईन बिश्वका मानबजातिले उच्च महत्वका साथ हेर्ने गर्दछन् । शङकाराचार्य आदिनाथ शिबअवतार हुनुहुन्छ । तत्कालीन समयमा उहाँ नेपालको पशुपतिलगायतका देवस्थलहरूमा आएर रोकिएको पुजापाठ सञ्चालन गराउनु भएको इतिहासमा पाइन्छ । नेपाल आएर पनि उहाँले अलग्गै पिठ स्थापना गर्नुभएन । किनभने नेपाल शिबअवतार नाथहरूको भुमी हो । यहाँ आदिनाथ शिव मत्स्येन्द्रनाथको रूपमा गोरखनाथको रूपमा हुनुहुन्छ । भगवान गौतम बुद्ध बौद्धनाथको रूपमा हुनुहुन्छ । मोहम्मद मदरनाथको रूपमा नवलपरासी दाउन्नेमा हुनुहुन्छ । भगवान विष्णु मुक्तिनाथको रूपमा हुनुहुन्छ । यो नाथहरूको पावन भुमि भएकोले उहाँले अलग्गै पिठ स्थापना गर्नुभएन ।
स्वयं भारतको अयोध्यामा जसको मन्दिर बन्दैछ स्वयं श्रीराम भगवान शिबभक्त हुनुहुन्थ्यो । रामले आदिनाथ भगवान शिबको आराधना गरेर आदिनाथ भगवान शिबबाट लिएको उपदेश शिव गिता हो । यसकारण शिबअवतार शङकराचार्य पिठका जगदगुरुहरूको यस धर्तीमा आफ्नै भुमिका रहेको छ । भारतको अयोध्याको राममन्दिर धार्मिक दृष्टिकोणले भन्दा आरएसएस र बिजेपिको राजनीति मुद्दासँग बढी जोडिएकोछ । आरएसएस पश्चिमा मिशनसँग आबद्ध छ । केही समयपूर्व कृष्णको आवरणमा इस्कोनको गैर धार्मिक गतिविधिहरूको पनि शङकराचार्य पिठका जगदगुरुले प्रतिवाद गर्नुभएको थियोे । आरएसएस कुनै धार्मिक संठन होईन, यो राजनीति संगठन हो । जस्तो नेपालका मण्डले, कांग्रेस धार्मिक होइनन् तर राजनीतिक स्वार्थमा धर्म प्रयोग गर्न खोज्दछन् । आरएसएस नेपालका मण्डलेहरूजस्तै हो । किनभने भारतमा सबैभन्दा धेरै गाइको मासुको कमिसन लिने गृहमन्त्री राजनाथ सिहका छोरा भएको खुलासा भएकोछ । त्यस्तै इस्कोनको गतिविधि बारे केहि समय पूर्व भारतीय लोकसभा सांसद मेनगा गान्धिले स्कोनले सडकमा हरेराम हरेकृष्णको भजन गाउँने तर गाइको मासु बिक्री गर्ने गर्दछन् भनेर लोकसभामा आलोचना गर्नुभएको थियोे ।
नेपालका मण्डलेहरू पनि धार्मिक होईनन् आरएसएस जस्तै राजनीति उद्देश्यमा धर्मलाई भजाउने संगठन हुन् । चिनसँग सिमाना जोडिएको धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा बौद्ध धर्मको आवरणमा रहेर पञ्चायतकालदेखिनै सबैभन्दा धेरै इसाई मिशनरीलाई लैजाने पूर्व गृहमन्त्री बुद्धिमान तामाङ हुन् । यिनकै सिफारिशमा राप्रपाले पाष्टर बिना लामालाई सभासद् बनाएको छ । यिनिहरूलाई धर्मसँग कुनै लेनादेना छैन । हिन्दूनारामा भोट लिन्छन्, धर्मनिरपेक्ष संविधानमा इसाईको डलरमा आलोचनात्मक समर्थनको नाममा जारी गर्न सहयोग गर्दछन् । तत्कालीन संविधानसभाको चौथो दल राप्रपा नेपाल र कमल थापाले यस्तै गरेका थिए । हिन्दूनाममा भोट लिन्छन् इसाईलाई सदनमा पु¥याउँछन । धर्मनिरपेक्ष संविधानको सपथ खाएर मन्त्री बन्दछन् । अहिले राजेन्द्र लिङ्देनको राप्रपाले त्यही गरिरहेको छ । आरएसएस, मण्डले, कांग्रेस, एमाले, माओवादी उस्तै हुन् । भारतमा नेपालका कथित नक्कली माओवादी आतंककारीहरूलाई सबैभन्दा धेरै सुरक्षा बिजेपिले दिएको थियोे । भारतमा बसेर नेपालमा चलाइएको माओवादी हिंसाको १० बर्षमा ७ बर्ष बिजेपिकै सत्ता थियोे । यी सबै कुराहरू राम्रोसँग बुझनुभएका आदिनाथ शिबअवतार शंकराचार्य पिठका जगदगुरुहरू अयोध्याको राममन्दिर उद्घाटनमा नगएर वैदिक सनातन हिन्दूधर्म धारण गर्ने हो, ध्यान, ज्ञान्, साधना मार्फत अनुभुती गर्ने हो भन्ने सन्देश बिश्वभरका मानवहरूलाई दिनुभएको छ ।
रामजन्म भुमिको विषयमा आ–आफ्ना दावी प्रमाणहरू छन् । धर्मको सिमा हुँदैन तथापि राष्ट्रका सिमाहरू हुन्छन् । भगवान शिबावतार गोरखनाथका अनुयायी योगि नरहरिनाथले नेपालको चितवन नजिगैको अयोध्यापुरीनै रामजन्म भुमि भएको आधार दिनुभएको छ । तथापि भारतको अयोध्यामा बनेको राममन्दिरलाई सकारात्मक रुपमै लिनुपर्दछ । किनभने भगवान कृष्णको जन्म मथुरामा भए पनि कृष्ण मन्दिर अन्यत्र बन्नु सकारात्मकनै हो । त्यस्तै रामको जन्म नेपालको अयोध्यापुरिमा भए पनि राममन्दिर भारतको अयोध्यामा बन्नुलाई पनि त्यसैगरी बुझौं ।
बीआरआईविरुद्ध बालेन र दुर्गाहरू
विशेष गरेर आरएसएस काला अंग्रेज र पश्चिमा मिसनका सेता अंग्रेजका गुलामहरू बिआरआइ विरुद्ध भ्रम छर्ने प्रयत्न गरिरहेका छन् । किनभने बिआरआइ कार्यान्वयन हुनासाथ नेपाल भुपरिबेष्टित रहँदैन । यसकारण सिआइएका अनुचरहरू बिआरआइ विरुद्ध विष ओक्ल्दै छन् । के हो बिआरआइ ?
बिआरआइ एमसिसि जस्तो सुरक्षा रणनीतिसँग जोडिएको योजना होईन, यो बिकास साझेदारी योजना हो । तर सिआइएले चिनले आर्थिक बिकासको नाममा ऋण लिन लगाउने ऋणतिर्न नसकेपछि सार्वभौम सतामा दख्खल दिन्छ भन्ने भ्रमपूर्ण प्रचार अमेरिकी हरूले गर्दै आएकाछन् र इन्डियन काला अंग्रेजहरूको धारणा पनि यही हो । सन् २०१६ को नोभेम्बरमा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूले बिआरआइमा प्रवेश गराइयोस भन्ने प्रस्ताव गरेपछि सन २०१७ को मार्चमा राष्ट्रसंघ सुरक्षा परिषदले २३४४ नम्बर पारित गर्दै औपचारिक रूपमा प्रवेश गराएको हो । बिआराइले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी नितिलाई परियोजनाको रूपमा अगाडि सारेको छ । जसमा नयाँ एशिया– युरोप कन्टिनेन्टल पुल, चीन– मङ्गोलिया–रुस, चीन केन्द्रिय एशिया पश्चिम, चीन– इन्डो चाइना प्रायद्दिप, चीन– पाकिस्तान – बङ्गलादेश र बङ्गलादेश– चीन– म्यानमार गरि ६ वटा ठूला अन्तर्राष्ट्रिय कोरिडरहरू रहेकाछन् ।
चिनले वैदेशिक लगानी र सहयोगलाई बिआरआइको एकै बास्केटमा राखेको छ । बिआरआइ परियोजनामा चिनले ८५% आफैं लगानी गर्दछ । प्रोटोकलमा उल्लेख भए अनुसार चिनले नेपाललाई ४ वटा समुद्रका बन्दरगाह प्रयोग अनुमति दिएकोछ । प्रोटोकलमा उल्लेख नभएका अन्य समुन्द्रका बन्दरगाह पनि नेपालले निर्बाध रूपमा प्रयोग गर्न पाउने कुरालाई चिनले प्रतिबद्धता ब्यक्त गरेको छ । प्रोटोकल अनुसार चिनका सिगाचे, ल्हासा र लानचौ ३ वटा सुख्खा बन्दरगाह पनि नेपालले प्रयोग गर्न पाउनेछ । बिआरआइ कार्यान्वयन हुँदा भारतीय एकाधिकार पुँजिवादको अन्त्य हुनेछ, पश्चिमाहरूको खेलमैदान साधुरिनेछ । जसरी अहिले माल्दिभ्सले बीआरआई कार्यान्वयनपछि भारतीय एकाधिकारलाई तोडेको छ । नेपालमा पनि त्यसरी नै तोडिनेछ । यसकारण इन्डो÷ पश्चिमका अनुचरहरूले बिआरआइ विरुद्ध शुरुदेखिनै भ्रम छर्दै आइरहेका छन् । अमेरिकी युथ काउन्सिलका सदस्य काठमाडौं महानगर पालिकाका मेयर वालेन शाहले घुमाउरो रूपमा बिआरआइ र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको चिनियाँ उपस्थिति विरुद्ध अभिव्यक्ति दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल बिआरआइसँग जोडिएको बृहत परियोजना अन्तर्गत पर्दछ ।
उहाँहरूले बिश्वबैङ्क, आइएमएफ, को ऋणको विषय, भारतीयहरूसँगको असमान सम्झौताको विषय उठाउनु हुन्न । वालेन शाहले जस्तै अभियन्ता दुर्गा प्रसाईं पनि बिआरआइ विरुद्ध चिनियाँ ऋणको प्रपोगण्डामा घुमाउरो रूपमा उत्रनु भएको छ । बिआरआइ नेपाललाई इन्डो/पश्चिमाबाट मुक्त गर्ने आर्थिक परियोजना हो । बिआरआइले नेपाललाई भुपरिबेष्टित मुलुकबाट मुक्त गरेर बाह्रय देशहरूसँग मार्ग प्रशस्त गर्दैछ । यसकारण बिआरआइ विरुद्ध इन्डियन र अमेरिकनहरू नेपाल सन्दर्भमा एउटै मोर्चामा छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणपछि बालेन शाह र दुर्गा प्रसाईका अभिव्यक्तिहरू बीआरआईविरुद्ध आएका छन् । बिआराइ अन्तर्गत केरुङ–काठमाडौ रेल सर्बे चिनले समपन्न गरिसकेको छ । २०१७ सालपछि राजा महेन्द्रले कोदारी राजमार्ग खोल्दा पनि यस्तै बिरोध गरेका थिए । बिपि कोइराला, सुर्यप्रसाद उपाध्याय सुबर्ण शमशेरहरूले बक्तब्यनै जारी गरेका थिए । इतिहासको रेकर्डमा हेर्न सक्नुहुन्छ । राजा महेन्द्रले कोदारी राजमार्गको विरोध गर्नेहरूलाई कम्युनिष्टहरू चीनबाट गाडी चढेर आउँदैनन् भनेर जवाफ दिनु परेको थियो । पृथ्वी राजमार्गसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना राजा महेन्द्र र वीरेन्द्रको परिकल्पना थियो । ठिक त्यसैगरी अहिले बिआरआइ विरुद्ध इन्डो÷अमेरिकी क्याम्प प्रस्तुत भएकोछ । सिआइएले बिआर आइ विरुद्ध यस्तो प्रपोगण्डा बिगतमा पाकिस्तानमा पनि गरेको थियोे । अमेरिकाबाट प्रकाशित न्युयोर्क टाइम्सले बिआरआइ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक करिडोर सिपेक योजनालाई सैनिक योजनामा मोडेको भन्दै पाकिस्तानलाई ऋणको भारी बोकाएको भनेर लेखेको थियोे । यथार्थमा पाकिस्तानको जिडिपिमा सिपेक को योगदान २.५% रहेको चीनिया परराष्ट्रमन्त्रालयले जनाएकोछ । सिपेकले ३० हजार पाकिस्तानीलाई रोजगारी दिएको छ । पाकिस्तानको योजना बिकास मन्त्रालयका अनुसार सिपेकले सन २०१८ पछिको १५ बर्षमा थप ८ लाखलाई रोजगारी दिनेछ । अमेरिकी जासुसी सस्था सिआइएका अनुसार सन २०१७ मा माल्दिभ्सको ऋण उसको जिडिपिको ६८.१ % पुगेको थियोे । माल्दिभ्स भन्दा माथि ऋणलिने राष्ट्रहरूमा श्रीलंका र भारत रहेका थिए । भारतको ऋण उसको जिडिपिको ७०.२ % रहेको थियोे । चिनले माल्दिभ्सका ७ वटा टापुमा लगानी गरेको छ भने भारत, युरो, मध्यपूर्ब र सिङ्गापुरले यो भन्दा धेरै टापुमा लगानी गरेका छन् । तर सिआइएले चिनको विरुद्ध अफवाह फैलाउँछ । जबकि माल्दिभ्समा ५०% पर्यटक चीनियाँ छन् । चीनिया पर्यटकबाट ३० करोड डलर बढी आम्दानी भैरहेको छ । चिनियाँ पर्यटकको खर्चलेनै चिनियाँ लगानी धान्दछ । नेपालमा ठिक माल्दिभ्स र पाकिस्तानमा जस्तै सिआइएले बिआरआइ विरुद्ध अफवाह फैलाउन शुरु गरेकोछ । यसमा अमेरिकी कित्ता र इन्डियन कित्ताका अनुचरहरू राष्ट्रबादको खोलमा देखिन खोज्दैछन् । वालेन शाह दुर्गा प्रसाइका अभिब्यक्तिहरू त्यसैको पछिल्ला कडि हुन् । चिनियाँ हरूले निर्माण गर्न लागेको बुटवल नारायणगढ सडक विरुद्ध रबि लामिछानेको पैदल यात्रा चिनियाँ निर्माण विरुद्धको प्रपोगण्डा थियोे । सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल