Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक–विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा रहेको व्यक्तिको शैक्षिक योग्यतासँग जोडिएर बेलाबखत प्रश्न उठ्ने गरेको भन्दै उनीहरूले पत्र नै पठाएर गिरीलाई त्यसको खण्डन गर्न आग्रह गरेका हुन् । संघर्ष समितिले पठाएको पत्रमा भनिएको छ, ‘प्रतिष्ठानको छवि उच्च राख्न निम्न जानकारी आवश्यक भएकाले सो जानकारी प्रदान गरी सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो, त्यसको प्रतिलिपि मात्र भए पनि उपलब्ध गराउनुपर्ने भन्दै समितिले गिरीले आफूलाई चिकित्साशास्त्रमा कार्डियोलोजिस्ट मुटुरोग विषयका विषेशज्ञ चिकित्सक बताउँदै आएकामा प्रस्ट पार्न पनि माग गरेको छ ।भारत नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स र अमेरिकाको कोलोराडो युनिभर्सिटी हेल्थ साइन्सबाट कार्डियोलोजिस्ट अध्ययन पूरा गरेको गिरीले बताउँदै आएका छन् । अमेरिकाको विभिन्न कलेजको भिजिटिङ प्रोफेसरसमेत रहेको उनको दाबी छ । अहिले चिकित्सक–विद्यार्थीले उनको योग्यता र कार्यक्षमतामाथि नै प्रश्न उठाएका हुन् ।यसैबीच मंगलबार हाडजोर्नी विभागका एसोसिएट डा। विष्णु पोखरेललाई प्रतिष्ठानको विधानविपरीत आचरण देखाएको भन्दै उपकुलपति गिरीले स्पष्टीकरण सोधेपछि चिकित्सक–विद्यार्थी थप आक्रोशित भएका छन् । प्रतिष्ठानमा अनियमिता र अस्तव्यस्तता बढेको, बिरामीको सेवा–प्रवाह र विद्यार्थीको पठनपाठन तथा सिकाइमा प्रतिकूल असर परेपछि उठेका आवाज दबाउन बदनियतपूर्वक पोखरेललाई कारबाही गर्न लागिएको उनीहरूले आरोप लगाएका छन् । आन्दोलनमा सहभागी जुनियर रेसिडेन्स वेल्फेयर सोसाइटीका अध्यक्ष डा राजेन्द्र घिमिरे, उपाध्यक्ष डा पदम नेपाली र सचिव डा गणेश फुलाराले डा पोखरेललाई सोधिएको स्पष्टीकरण २४ घण्टाभित्र फिर्ता लिनु पर्ने, प्रतिष्ठानका भ्रष्टाचार छानबिन गर्न अधिकारसम्पन्न छानपबिन समिति गठन गर्नुपर्ने बताएका छन् । उपकुलपतिले फ्याकल्टीमाथि नै प्रहार गरेर प्रतिष्ठानमा भइरहेका अनियमिततामाथि कसैले आवाज उठाउन नपाओस् भन्ने कुत्सित मनसाय राखेको र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हरण गर्न खोजेको चिकित्सक–विद्यार्थीले आरोप लगाएका छन् । फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा एसपी रिजालले चौबीस घण्टाभित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।फ्याकल्टी वेल्फेयरका अध्यक्ष पोख्रेलले स्पष्टीकरण सोधिएको पत्र आफूले सोमबार राति ७ बजे पाएको बताए । यसअघि डा। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई उल्लेख गर्दै एउटा पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘बीपी स्वास्थ्य प्रतिष्ठानलाई ध्वस्त पार्ने, निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कारबाही गर्न अदुआका प्रमुखलाई एसएमएस तथा फोन गरी दबाव दिऔं । बीपीकेआइएचएसमा भ्रष्टाचारले ज्यान लिने, अख्तियारले तामासा हेर्ने कहिलेसम्म
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल