Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीमाको औषधिको गुणस्तरमा शंका नगरौं

काठमाडौं । स्वास्थ्यमन्त्री डा।सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छिन्। सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन्। निजी औषधी व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उहाले आग्रह गरिन्। मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिवद्धता जनाइन्। बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केही अस्पतालबाट आएको भन्दै उहाले त्यसलाई छिटै समाधान गर्ने बताइन्। उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन्। मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधि उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन्। कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल