Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुथ कब्जा हुँदा पनि प्रहरी निरिह बन्यो : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले यसपटक स्थानीय तहको निर्वाचन मुस्किलले सम्पन्न गरिएको सुनाए । सरकारले निर्वाचन सार्नको लागि अनेक प्रयत्न गरेको पनि स्मरण गराए । उनले निर्वाचनमा भोट पाउनको लागि रुकुममा हत्या गर्नेसम्मको काम भएको आरोप लगाए । उनले हुम्लामा मतदान भैसकेपछि मतगणनाको क्रममा पनि हत्या भएको स्मरण गराए । त्यस्तै, ताप्लेजुङ र उदयरमा पनि हत्या भएको ओलीले सुनाए । उनले विभिन्न ठाउँमा मतदाताहरु घाईते भएको पनि आरोप लगाए ।
उनले मतदाताहरुलाई आक्रान्त बनाउने काम भएको आरोप लगाए । उनले निर्वाचनको क्रममा सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे । उनले निर्वाचन भएको १४ सम्म पनि परिणाम नआएको गुनासो पोखे । उनले निर्वाचन स्वच्छ हुन नसकेको कारण आज परिणाम ढिलो आएको दाबी गरे । उनले निर्वाचनको क्रममा सत्ता पक्षले बुथ कब्जा गर्दा प्रहरी पनि निरीह भएर बसेको थियो भन्ने आरोप लगाए । उनले उम्मेद्धवारहरुमाथि आक्रमण भएको पनि सुनाए ।