Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

वैशाख १८ गते काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बामा पनि भत्काएको हो।
गुम्बामा डोजर चलाउनुअघि बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो।
१८ वैशाख, काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।

गुम्बामा काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ भएका बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो ।

बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ

 


सम्बन्धित समाचार