Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बूढानीलकण्ठले निकाल्ला त केही उपाय

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बिच्क्याएर सरकार ढाल्ने योजना असफल भएपछि विपक्षी गठबन्धन फेरि तिलमिलाउन थालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ विपक्षी गठबन्धनमा रहेका दलका नेतासहित नेकपा एकीकृत समाजवादीलाई छलफलका लागि बोलाए। छलफलका लागि कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला थिए। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भए। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी बूढानीलकण्ठ पुगे। संसदमा विरोधमा उत्रिएका विपक्षी दलमा रहेका राप्रपासहित अन्य केही दलबाट भने कोही गएनन्। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्ना सांसद मेटमणि चौधरीलाई लिएर देउवा निवास पुगे। स्वास्थ्यमा समस्या आएपछि आराम गरिरहेका देउवासँग सुरुमा सामान्य कुराकानी गरे। अनि विषयमा प्रवेश भयो। मुख्यगरी तीन विषयमा केन्द्रीत रहेर छलफल भएको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए। कुराकानीको सुरुवातमा देउवालाई नेताहरुले सोधे–सहकारी रकम अपचलनमा संलग्न भएको भनेर नाम मुछिएका रवि लामिछानेको नाम नलेख्न किन सहमत भएको । देउवाले एमालेको रणनीति असफल पार्न ‘कम्प्रोमाइज गरेको’ जवाफ फर्काए। रविको नाम नराखे पनि उनीमाथि छानबिन गर्ने गरी सहकारीको नाम किटान गरेर राखिएको देउवाले बताए। राजनीतिमा गिभ एन्ड टेक हुने उनको भनाइ थियो। समितिमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र ईश्वरी न्यौपाने, नेकपा एमालेका थापासहित सरिता भुसाल, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रवबहादुर प्रधान छन्। जुन समितिले देशभरका संकटग्रस्त २९ वटा सहकारीको अनुसन्धान गरेर ३ महिनाभित्र प्रतिवेदन बुझाउनेछ। जेठ ५ गते बनेको कार्यदलले बुधबार ९जेठ १५ गते० चार सदस्यीय कार्यदलले क्षेत्राधिकार टुंगो लगाएपछि संसदीय समिति बनेको हो। कांग्रेसको नेतृत्वमा राप्रपा र लोसपासहित विपक्षी दलले रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको भन्दै छानबिन समिति माग गर्दै संसद अवरुद्ध गरिरहेका थिए। संसदीय छानबिन समिति बन्नुलाई देउवाले उपलब्धिका रूपमा अर्थ्याए र उनले विपक्षी गठबन्धनमा रहेका दललाई बुझाउने प्रयास गरे।


सम्बन्धित समाचार