Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बूढीगण्डकीमा आकस्मिक बाढीपछि क्षतिको अवस्था बुझ्न सेना परिचालित

काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न नेपाली सेनाको टोली परिचालित भएको छ। काठमाडौंबाट हेलिकप्टरसहितको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार काठमाडौंबाट हेलिकप्टरसहितको द्रुत निरीक्षण टोली परिचालन गरिएको छ। स्थानीयस्तरमा रहेको सेनाको टोली पनि उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएको उनले जानकारी दिए।

सेनाको टोलीले बाढीबाट भएको क्षतिको वस्तुगत अवस्था बुझ्नुका साथै आवश्यकताअनुसार उद्धार तथा राहतका काममा सहयोग गर्ने बताइएको छ।

यसैबीच, प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली पनि परिचालन गरिएका छन्।