Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बृहत कम्युनिष्ट एकताको पक्षमा विप्लव

काठमाडौं। ओलीको जालमा परेर शान्ति प्रक्रियामा आए पनि सबै सम्झौता कार्यान्वयन नभएपछि असन्तुष्ट बनेका नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द बृहत कम्युनिष्ट एकताको अभियानमा लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् । नेता नेपालको कोटेश्वरस्थित् निवासमा पुगेर महासचिव विप्लवले आज भेटवार्ता गरेका हुन् । हिजोमात्रै विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । दुवै भेटमा नेता चन्दले बृहत कम्युनिष्ट एकतामा जोड दिएका थिए । नेता नेपालसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताईएको छ । यसको अलवा विप्लवले यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा पहल गरिदिनसमेत नेता नेपाललाई आग्रह गरेको बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल