Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेइज्जत त्यसै भएन कामरेड !

काठमाडौं । जनतन्त्र त आएको छैन नेतातन्त्रले देश लुटिरहेको छ । जनयुद्धका जन्तीमध्येका अधिकांशले त्यसको सावा ब्याज उठाएका छन् । पदकै कारण पार्टी टुक्रा टुक्रा भयो । उपाय नलागेर तत्कालिन एमालेको ओली गुटसँग पार्टी एकता भयो । एकीकृत पार्टीले पूर्णता पाएकै छैन । प्रधानमन्त्री केपी ओलीले आफ्नो अहंकार बढाए । एमाले ब्यूताउन महेश बस्नेतलाई खटाए, माओवादीसँग नमिलेको भए ओलीको प्रम बन्ने सपना पुरा हुँदैनथ्यो । एमालेभित्र गुटकै लडाई हुन्थ्यो । विचार, आदर्श त छँदै थिएन । माधव र केपीको स्वार्थ कुर्सीकै हो । वामदेव बीचमा फाइदा खाने विचौलिया थिए । प्रचण्डसँग पनि डा. बाबुराम र मोहन वैद्यको लडाइँमा विचौलिया नारायणकाजी भएकै हुन् । गुटवाद हावी हुँदा राजनीतिक विचलन आयो । वैद्यले छोडे भट्टराई हिँडे नेत्रविक्रमले धम्कयाउँदै छन् । तर प्रचण्डका दोधारे चरित्रमा केबल परिवारवाद मौलाएको थुप्रै तथ्यले पुष्टि गर्छन् । दोधारे चरित्रले नेता बदनाम हुन्छ । परिवारवाद र गुटवाद आलोचित हुन्छ । कार्यकर्ता र शुभेच्छुक मात्र होइन हिजोका योद्धा, घाइते, अपांग कसैले कही सहयोग पाएनन् । प्रचण्का छोरी, ज्वाइँ, भाइ, भतिजा बाहेक अरुलाई राज्यको कुनै ठाउँ मिलेन । माओवादीका भागवण्डामा पाएका पुरस्कार तथा नियुक्ति त समर्थक, शुभेच्छुकहरूले पाउँनै हुँदैन । जब प्रचण्ड नै परिवारवादमै रमाएका हुन्छन् भने नेकपा एमालेको नाममा मौकाअनुसार फाइदाका लागि लम्पसारवादी नीति लिएर राज्य लुट्दै आएका ईश्वर पोखरेलहरूले प्रचण्डको विरुद्ध खेदो खन्नु ठूलो कुरा भएन । पार्टी फुट्यो भने प्रचण्ड अध्यक्ष हुन्छन् ईश्वर अध्यक्ष हुन पाउँदैनन् । त्यसो त नेकपाका अर्का अध्यक्ष केपी ओलीले आफ्नो गुटका बाहेक कही पनि कार्यकर्ताको क्षमता, योग्यतालाई चासो दिएका छैनन् । पार्टीमा विवाद भएको कारण त्यो पनि हो । गणतन्त्रमा कुनै पनि पार्टी लडाइबाट मुक्त भएनन् । काँग्रेसमा शेरबहादुर र रामचन्द्रको भागवण्डाले पुगेन । त्यहाँ विजय गच्छदार, कृष्ण सिटौला, विमलेन्द्र निधि समेत अहिले भाग खोज्न थालेका छन् । आन्दोलनमा जनताका छोराछोरी मर्छन् फाइदा नेता र उनकै परिवार, नातावादमा केन्द्रीत किन हुन्छ ? गणतन्त्रको फल लुटतन्त्र र दमन होइन । नत सर्वोच्च अदालतबाट आफ्नै श्रीमती मार्ने रञ्जन कोइरालालाई ८ वर्षमा जेलमुक्त गर्ने कानुन स्थापित गर्नु हो ।
पदभ्रष्ट, सत्ता लम्पट चरित्रकै कारण देशभित्र मात्र होइन छिमेकीसँगको सम्बन्ध समेत नेकपाकै नेतृत्वको समयमा राम्रो भएन । पार्टीलाई विधान सम्वत चलाएको भए अहिले बदनाम हुने थिएन । प्रचण्ड गुट र परिवारवादमै रमाए प्रम ओली गुटवाद र नातावादमा रमाएका छन् । देशको राष्ट्रपति समेत देशको बन्न सकेकी छैनन् । उनले प्रम अ‍ोलीको स्वार्थका निर्णयलाई शिरोपर गर्दा आफूमाथि भएका आक्रमणको सुरक्षा गर्न अफ द रेकर्ड सम्पादकहरूसँग गनगन गरिन् ।