Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेलायतका पत्रकारको नेता बने अर्याल

काठमाडौं । नेपाल पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् । महासंघको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज अर्याल र बेलायतबाटै प्रकाशन हुने विनेपाली अनलाइनमा आबद्ध पत्रकार श्याम लुईंटेल थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षका लागि दिनेश परियारले सञ्जयभक्त कंडेललाई तथा महासचिवमा नरेन्द्र बस्नेतले बेलायतबाट प्रकाशन हुने साउथ एशिया टाइम्स अनलाइनका सम्पादक जगन कार्कीलाई पराजित गरेका छन्। वरिष्ठ उपाध्यक्षमा विजयी परियार लामो समयदेखि पत्रकारितामा आबद्ध छन् भने बस्नेत रातोपाटी अनलाइनका लागि बेलायत संवाददाता हुन् । उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सह(कोषाध्यक्षमा सुरेन्द्र इङ्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका थिए । कोभिड १९ का कारण प्रत्यक्ष उपस्थित भई निर्वाचन गर्न नसकेपछि कूल ४३ मतदातामध्ये ३८ जना हुलाकमार्फत मतपत्र पठाएर मतदानमा सामेल भएका थिए । बाँकी पाँचले आइतबार नै प्रत्यक्ष मतदान गरेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल