Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकका पूर्वसञ्चालक सिआईबीको फन्दामा

काठमाडौं । अपराधी पानी मुनि गए पनि छुट्दैनन् । यदि प्रहरी प्रशासन सक्रिय भयो भने अपराधी पत्ता लागेरै छाड्ुछ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाका अनुसार सिलवालविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो । कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।