Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकका पूर्वसञ्चालक सिआईबीको फन्दामा

काठमाडौं । अपराधी पानी मुनि गए पनि छुट्दैनन् । यदि प्रहरी प्रशासन सक्रिय भयो भने अपराधी पत्ता लागेरै छाड्ुछ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाका अनुसार सिलवालविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो । कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल