Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना सक्रमण र मृत्युकोक्रम विस्तारै घट्दै जाँदा वातावरण केही सहज बन्दै गएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसँगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालन खोल्न दिदै आएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल