Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
‘ॐ शान्ति’, ‘ब्रम्हकुमारी’… हामिहरूले सानाठुला शहर हरूमा आउँदा–जाँदा कुनै घरमा ‘प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय’ लेखिएको साइनबोर्ड पक्कै पनि देखेकै हौंला । अनि त्यो बोर्ड संगै एउटा रातो–पहेँलो रंगको झण्डा जसको बीचमा अण्डाकार चित्रको गोलाइबाट चारैतिर ज्योति निस्किएको जस्तो पनि देख्यौं होला, हैन ? त्यो संस्थाको वरिपरि चर्चमा ‘नन’ हरू भएझैं सेतो साडीमा नवयुवतीहरू बसिरहेको देखिन्छ । उनीहरूको छातीमा ‘ॐ शान्ति’ लेखिएको अण्डाकार चित्रयुक्त बिल्ला पनि झुन्डिएको हुन्छ । तपाईं ‘विश्वविद्यालय’ लेखिएको बोर्ड देखेर नझुक्किनुस कि त्यो कुनै छात्र–छात्राहरू अध्यन गर्ने शैक्षिक केन्द्र हो । त्यो कुनै गुरुकुल वा शैक्षिक केन्द्र हैन, बरु सनातन धर्म विरुद्ध सुसंगठित तरिकाले भ्रम फैलाउन विश्वस्तरमा चलाइएको अन्तर्राष्ट्रिय अड्डा हो ।
स्थापना
यो संस्थाको संस्थापक ‘लेखराज खुबचन्द कृपलानी’ हो । उसले आफ्नो जन्म–स्थान ‘सिन्ध’ (पाकिस्तान) मा दुष्चरित्रता तथा अनैतिकताको घोर ताण्डव गरेपछि स्थानीय जनतामा ऊ प्रती आक्रोश फैलियो । त्यसपछि ऊ सिन्ध छोडेर सन् १९३८ मा कराची तिर भाग्यो । कराची सरेपछि पनि उसले आफ्नो कुकृत्य चलाइरह्यो । कराचीका जनताहरू पनि आक्रोशित भएर त्यहाँबाट खेदाएपछि त्यस्तो दुष्चरित्र तथा धुर्तताको बादशाह लेखराज सन् १९५० अप्रिल महिनामा कराचीबाट १५० जना सुन्दरी जवान केटीहरू लिएर भाग्यो र भारतको राजस्थान पसेर ‘माउन्ट आबु’ को पहाडी क्षेत्रमा बस्न थाल्यो । त्यसपछि त्यहीँ आफ्नो व्यभिचार र पापाचार लाई ‘धर्म को फरिया’ लगाउन थाल्यो ।
पाकिस्तान रहदा लेखराजले चलाएको ‘ॐ मण्डली’ नामक संस्थाको नाम राजस्थानको माउन्ट आबुमा आएपछि परिवर्तन गरेर ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय’ भन्ने राख्यो र सोही नामबाट चलाउन थाल्यो । सो क्षेत्रमा बसोबास गर्ने अशिक्षित र अनपढ सोझासाझा जनतालाई ‘ईश्वरीय भक्ति’ सिकाउने भन्दै जालमा फसायो र थुप्रै सदस्यहरू बनायो । पाकिस्तानबाट ल्याएका १५० जना सुन्दरी युवतीहरू पनि त्यहाँ बसेको देखेपछि आम मानिसहरूमा राम्रै संस्था होला भन्ने भ्रम पर्न गयो । जसले गर्दा उसलाई संस्था बिस्तार गर्न सजिलो भयो । त्यसपछि ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय’ कै नाममा २८ हेक्टर जमीन खरिद गर्यो र ठुल्ठुला भवनहरू तयार पारेर त्यसलाई नै मुख्यालय बनायो । संस्थामा सदस्यहरू बढ्दै गएपछि आबु पर्वतको फेदीमा आबु रोडमा नै सो संस्थामा जोडिएका सदस्यहरू बसोबास गर्ने, खाने, बाहिरबाट आउने पाहुनाहरू बस्ने आदि कार्यको लागि भवनहरू बनायो, जुन ठण् हेक्टर जमिनमा फैलिएको छ । संस्था स्थापना तथा बिस्तार कालमा उसका सदस्यहरू ‘कुमारी’ युवतीहरू मात्र हुन्थे, जसलाई उसले ‘ब्रह्मकुमारी’ नाम दिएको थियो ।
सञ्चालन
लेखराजको मृत्यु भएपछि सन् १९७० मा ब्रम्हाकुमारी संस्थाको एउटा विशेष कार्यालय लण्डनमा खोलियो र पश्चिमी मुलुकमा व्यापक रूपमा यसको प्रचारप्रसार गरियो । सन् १९८० मा ब्रम्हाकुमारी संस्थालाई संयुक्त राष्ट्र संघ (युएन) को एनजीओ बनाइयो । ब्रम्हाकुमारी संस्थाको स्थायी कार्यालय अमेरिकाको न्युयोर्क शहरमा बनाइएको छ, जहाँबाट यो संस्था चल्ने गर्छ । यसको नेपाल र भारत लगायत विश्वका १००देशमा ८५००भन्दा बढी शाखाहरू छन् । यो संस्थालाई संयुक्त राष्ट्र संघद्वारा फण्डिङ, कार्य योजना तथा पुरस्कार दिने गरिएको छ ।
कार्य तथा उद्देश्य
ब्रह्माकुमारी संस्थाको उद्देश्य शताब्दीऔं देखि वैदिक मार्गमा चल्दै आइरहेका हिन्दु धर्मावलम्बीहरूलाई भड्काउने र हिन्दु धर्ममा भ्रम उत्पन्न गराउने हो, ताकी हिन्दुहरू आफ्नो परम्परागत धर्म, संस्कार लाई घृणा गरुन् । ब्रम्हाकुमारी संस्थाको माध्यमद्वारा वैदिक सनातनीहरूलाई थाहै नपाउने तरिकाले धर्मान्तरण गरिन्छ । यस संस्थाले सनातन धर्मको शास्त्रीय सिद्धान्तलाई विकृत पार्ने तरिकाले छापिएका पुस्तकहरू, प्रदर्शनीहरू, सम्मेलन, सार्वजनिक कार्यक्रम आदि द्वारा मानिसहरूलाई भ्रममा पारेर नैतिक, सामाजिक, धार्मिक विकृतिकरण तथा पतन गराउने कार्य गर्दछ । मानिसहरूको बिरोध बाट बच्न र आफ्नो कालो कर्तुत लुकाउन बेलाबेलामा औसधि वितरण, नशा मुक्ति कार्यक्रम, सामुहिक रक्षा बन्धन कार्यक्रम आदि पनि गरिरहेका हुन्छन् । मानिसहरू लाई आकर्षित गर्नको निम्ति यिनिहरूको अनेकौं संस्थाहरू मध्ये निम्न दुइटा संस्थाहरूको प्रचारप्रसार व्यापक रूपमा गरिएको छ ।
राजयोग शिक्षा एवं शोध प्रतिष्ठान
वल्र्ड रिन्युवल स्प्रीच्युअल
प्रचार–प्रसार
त्यसो त यिनीहरूको कार्यक्रम सधैं चलिरहने गर्छ, तैपनि बिहान र बेलुकी यिनिहरूको अड्डामा प्रवचन (मुरली) हुने गर्छ । संस्थामा बस्ने ब्रम्हाकुमारीहरूले आफ्नो अड्डाको वरिपरि बस्ने युवती तथा महिलाहरूलाई प्रभावमा पारेर आफ्नो शिष्या बनाउने गर्छन् । सनातन शास्त्र विरुद्ध भाषण सुनाएर उनीहरूको घरमा पनि पर्चा बोकेर जाने गर्छन् । हुन त यिनीहरूको संस्थामा पुरुष पनि सदस्य हुन्छन् र बस्छन् जसलाई ‘ब्रम्हकुमार’ भन्ने गर्छन्, तर धेरैजसो यिनीहरू नवयुवती तथा महिलाहरू लाई नै टार्गेट गरेर संस्थामा राख्छन् जसलाई ‘ब्रम्हकुमारी’ भन्ने गर्छन् ।
ईसाई मिसनको नयाँ रूप ‘ब्रह्मा कुमारी’
अंग्रेजबाट भारत स्वतन्त्र हुनुभन्दा पहिले, ईसाईहरूको ठूलो समूह जसमा म्याक्स मुलर (१८२३–१९००), अर्थर एन्थोनी म्याकडोनल (१८५४–१९३०), मोनियर विलियम्स, जोन्स, वारेन हेस्टिंग्स, वेब, विल्सन, विन्टर्निच, मकाउले, मिल, फ्लीट बुहलर आदि ब्यक्तिहरू द्वारा भारतवर्षको इतिहासलाई तोडमोड गर्ने, सनातन धर्मका ग्रन्थहरू जलाउने, गलत कुराहरू लेखेर अफवाह फैलाउने र हिन्दू धर्मप्रति वितृष्णा सिर्जना गर्न कुनै कसर बाँकी राखेका थिएनन् । यही परम्परालाई ‘ब्रह्मा कुमारी’ संस्थाले अगाडि बढाइरहेको छ । जसलाई अहिले पनि उनीहरूले फण्डिङ गरिरहेका छन् । ब्रम्हाकुमारी संस्थाको साहित्य विभागको संयुक्त टिम मिलेर सनातन धर्मलाई विकृत गर्नको निम्ति १०० भन्दा बढी किताबहरू छापिएका छन् । जस्तैः गीताको सत्य सार, ज्ञान माला, ज्ञान निधि, भारतीय संस्कृति आदि लेखिए र छापिए । ब्रम्हाकुमारी संस्था लाई इसाईकरणको नयाँ रूप दिइएको छ । जुन झट्ट हेर्दा पश्चिमाहरू भन्दा फरक देखिन्छन्, हिन्दु जस्तै देखिन्छन् तर मुल रूपमा भने जानीनजानी पश्चिमा मिसनमै लागिरहेका छन् । त्यहीँ लाग्ने धेरै लाई यो कुराको जानकारी अहिलेसम्म पनि नहोला । यो संगठनले नेपाल र भारतको सनातन संस्कृति विरुद्ध धेरै ठूलो गोप्य मिसनमा काम गरिरहेको छ । ईसाई धर्मको नयाँ रूप म्याक्स मुलरले अगस्ट द्दछ, ज्ञडछट मा बन्सनलाई लेखेको पत्रबाट यो कुराको पुष्टि हुन्छ । वर्षौंदेखि पश्चिमी मुलुकहरूमा नै मानिसहरूले इसाई धर्म त्यागन थालेका छन् । इसाई पन्थप्रति इसाई समुदायमा नै वितृष्णा बढ्दो छ । इसाई मुलुकमै चर्चहरू बेचिँदै छन् । त्यसकारण इसाई मिसनरीहरूले ‘नयाँ समुदाय निर्माण गर्ने र हिन्दुत्व उन्मूलन गर्ने’ मिसनले ‘ब्रह्माकुमारी’ ‘कबिर पन्थ’ जस्ता अदृश्य इसाई संगठनहरू बिस्तार गरिरहेका छन् । जसको लागि अमेरिका र युरोपेली मुलुकबाट लगानी भइरहेको छ ।
‘ब्रह्माकुमारी’ द्वारा हिन्दुत्व लाई मेटाउन रचिएको खुला षड्यन्त्र
(प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजस्थान द्वारा प्रकाशित ‘भारतको संस्कृति’ भाग –१, भाग–२ मा वर्णित)
शिवरात्रि
प्रजापिता ब्रह्मा (लेखराज) ले कल्पको अन्त्यमा अवतरित भएर तमोगुण, दुःख, अशान्ति आदि लाई हरण गरेका थिए । उसैको सम्झनामा ‘शिवरात्रि’ मनाउने गरिन्छ । लेखराज नै भगवान शिवको स्वरूप हुन् ।
होली
कलियुगको अन्त्य तथा सत्य युगको शुरूवातमा परमपिता ब्रम्हा ‘लेखराज’ द्वारा सुख शान्तिको दिन शुरूवात भएको थियो । उनै परमपिता ‘लेखराज’ को सम्झनामा होली मनाउने गरिन्छ । काठ र गोबरले लिपेर बनाइएको ‘होलिका’ जलाएर के हुन्छ ? यस्ता काठ र गोबर त दिनहुँ गाउँ वस्तीमा जलिरहन्छन् । अर्कालाई अबिर घसेर के फाइदा हुन्छ ? अनेकौं बुद्धिजीवी मानिसहरूको मनमा यो कुरा सुनेपछि होली पर्वप्रती नै वितृष्णा उत्पन्न हुन्छ । ब्रम्हाकुमारीको मतानुसार वैदिक शास्त्रमा मित्थ्या, मनगढन्ते कुराहरू लेखिएका छन् ।
रक्षाबंधन
ब्रम्हकुमारी दिदी–बहिनीहरूले ‘लेखराज’ द्वारा दिइएको ब्रम्हज्ञानद्वारा ‘ब्राह्मण’ पदमा आसिन भएर आफ्नो दाजुभाइलाई रक्षाबन्धन बाध्ने गर्छन् । दिदिबहिनीहरूले पवित्रताको संकल्प लाई रक्षा गर्दछ्न । रक्षाबन्धन वास्तवमा नारी द्वारा नरको रक्षाको प्रतिक हो, नरद्वारा नारीको रक्षा हैन । यिनीहरूको मतानुसार हिन्दु शास्त्रमा रक्षा बन्धन विषयक उल्टो र गलत कल्पनाहरू जड रूपमा राखिएका छन् ।
दीपावली
कलियुगको अन्त्यमा परमपिता ब्रम्हा ‘लेखराज’ पहिलेको जस्तै दोस्रोपटक पनि यस पृथ्वीमा अवतरण गरेर सम्पुर्ण आत्माहरूको ज्योति जगाएका थिए । त्यसैले उनै परमपिता ‘लेखराज’ ले जगाइदिनुभएको ज्योतियुक्त आत्मालाई स्मरण गर्दै दीपावली मनाउने गरिन्छ । उनीहरूको मतानुसार वैदिक शास्त्र लेख्ने ऋषिमुनीहरूले झुठो र कपोकल्पित कथाहरू जोडेर दीपावली मनाउने अफवाह फैलाएका हुन् । अज्ञानवस मानिसहरू माटोको पालामा दियो बाल्ने गर्छन् । दियो बाल्नुको अर्थ आफुभित्रको परमपिता ब्रम्हा ‘लेखराज’ लाई उज्यालो पार्नु हो ।
नवरात्रि
‘लेखराज’ ले ब्रम्हकुमारी हरूलाई ज्ञान दिएर दिव्य गुण रूपी शक्तिले सुसज्जित गरेका छन् । अन्तर्मुखता, सहनशीलता आदि दिव्य शक्तिहरू यिनका अष्ट भुजाहरू हुन् । यिनै शक्तिहरूको कारणले नै आदि शक्ति अथवा शिवशक्ति बनेका हुन् । ब्रम्हाकुमारी दुर्गा आदि शक्तिहरूले हिन्दुहरूलाई जगाइरहेका छन् । यिनैको शक्तिको सम्झनामा (नवरात्री) मनाउने गरिन्छ । ‘लेखराज’ ले मानिसहरू लाई ज्ञान दिएको खुसीमा कलस स्थापना, जगाएको खुसीमा (जागरण) गर्दछन् । यिनै कन्याहरूको महान कर्तव्यको कारण मानिसहरूले ‘कन्या–पुजन’ गरेका हुन् । वैदिक शास्त्रमा लेखिएका नवदुर्गाका कथाहरू कपोकल्पित हुन् ।
विजया दशमी
द्वापर युग (१२५० वर्ष पूर्व) मा आत्मारूपी सीता कञ्चन मृगको आकर्षणमा परेर माया रूपी रावणको फन्दामा परेकी थिइन् । त्यो बेला देखी अहिलेसम्म सम्पुर्ण सृष्टि ‘शोक वाटिका’ बन्ने गर्दछ । यस्तो समयमा परमात्मा ‘लेखराज’ आएर ज्ञानको शस्त्र द्वारा माया रूपी रावणलाई हराएर विजय दिलाएका हुन् । त्यसपछि मात्र सत्ययुगको शुरूवात भएको हो । पाँच हजार वर्ष पहिले पनि परमात्मा ‘लेखराज’ ले यस्तै गर्नुभएको थियो । अहिलेसम्म पनि गरिरहनुभएको छ । मनुष्य रूपी रामले पनि यसै दिन दस विकार रूपी रावण लाई हराएर विजय प्राप्त गरेका थिए । त्यसैबेला देखि ‘विजया दशमी’ मनाइएको हो । शास्त्रमा वर्णन गरिएको कुराहरू काल्पनिक हुन् । राम, रावण, वानर सेना इत्यादी गफ मात्र हुन् ।
‘ब्रम्हाकुमारी’ संस्थाको धुर्तता र पाखण्ड
माउन्ट आबुमा ‘लेखराज’ ले आफ्नो व्यभिचार र पापाचार लाई धर्मको फरिया लगाइरह्यो । अन्ततोगत्वा १८ जनवरी १९६९ मा हृदयघातको कारण मृत्युको मुखमा पुग्यो । ‘लेखराज’ ले सन् १९५१ देखि १९६९ सम्म जुन मुर्खतापूर्ण बकवासहरू सुनायो त्यसैलाई ‘ज्ञान मुरली’ भन्ने गर्छन् । ब्रम्हकुमारीहरूले प्रत्येक दिन पाँच वर्ष सम्म त्यही बकवास लाई पढ्ने र सुन्ने गर्छन् । पाँच वर्ष पुगेपछि फेरि त्यसैलाई दोहो¥याउने गर्छन् । ‘लेखराज’ को जीवनकालपाछि ‘मुरली’ हरूमा संशोधन हुँदै आइरहेको छ । उसको बकवासहरूलाई टेप रेकर्ड गरेर राखिएको थियो । ती सबै टेप रेकर्डहरू उसको मृत्यु भएपछि कवाडमा लगेर फालियो र संशोधन गर्न शुरु गरियो । अहिले उसका छाँटकाँट गरिएका दुई चार वटा रेकर्डहरू मात्र देखावटीको रूपमा राखिएको छ । ब्रम्हाकुमारीहरूद्वारा ‘लेखराज’ लाई ‘ब्रम्हा’ बनाएर उसको ध्यान गर्न लगाइन्छ । ब्रम्हा, विष्णु तथा महादेवको संयुक्त चित्रमा ब्रम्हाको स्थानमा ‘लेखराज’ को तस्बीर राख्ने गर्छन् । ‘लेखराज’ को श्रीमती ‘जसोधा’ लाई आदि देवी सरस्वती बताउदै उनको तस्वीर पनि ‘लेखराज’ सँगै राख्ने गर्छन् । ईश्वरको विषयमा यिनीहरूको किताबमा केवल मनगढन्ते, अप्रमाणित, सनातन बिरोधि कुराहरू मात्र लेखिएका छन् ।
शिवरात्री महिमा तथा भगवान कृष्णको ‘श्याम–सुन्दर’ नाम बारे ‘लेखराज पन्थि’ हरूको धारणा
भक्ति मार्गमा पनि धेरै भट्किन्छन् । जसको अगाडि शिर झुकाउँछन्, उनलाई नै चिन्दैनन्, बाबा आएर भट्किनबाट छुटाइदिनुहुन्छ । बाबा सम्झाउनुहुन्छ– ज्ञान हो दिन, भक्ति हो रात । रातमा नै धक्का खाइन्छ । ज्ञानबाट दिन अर्थात् सत्ययुग त्रेता, भक्ति अर्थात् द्वापर कलियुग । यो हो सारा ड्रामाको अवधि । आधा समय दिन, आधा समय रात । प्रजापिता ब्रह्माकुमार कुमारीहरूको दिन र रात । यो बेहदको कुरा हो । बेहदका बाबा बेहदको सङ्गममा आउनुहुुन्छ, त्यसलाई भनिन्छ– शिवरात्रि । मानिसहरूले यो बुझ्दैनन कि शिवरात्रि केलाई भनिन्छ ? तिमीहरू सिवाय अरू कसैलाइ पनि शिवरात्रिको महत्व थाहा छैन किनकि यो हो बीचको समय । जब रात पूरा भएर दिन शुरु हुन्छ, त्यसैलाई भनिन्छ पुरुषोत्तम संगमयुग । पुरानो दुनियाँ र नयाँ दुनियाँको बिच जब बाबा आउनुहुन्छ, त्यसलाई भनिन्छ– पुरुषोत्तम सङ्गम यगुे–यगुे । सत्य, त्रेताको संगम लाई पनि युगे युगे भनिदिन्छ्न्, त्यस्तो हैन । बाबा आउने समय नै वास्तविक युग हो । सत्य त्रेताको संगमलाई युग भन्नू गल्ती हो । परमात्मा कहिले आउनु हुन्छ ? जब धेरै आत्माहरू अथवा धेरै मानिस हुन्छन् तब परमात्मा मेलामा आउनु हुन्छ ।
आत्मा र परमात्माको मैला केको लागि लाग्छ? ती मेला त मैला हुनको लागि हुन् । यस समयमा तिमी बागवानद्वारा काँडाबाट फूल बनिरहेका छौ । कसरी बन्दैछौ ? यादको बलद्वारा । बाबालाई भनिन्छ– सर्वशक्तिमान । जसरी बाबा सर्वशक्तिमान हुनुहुन्छ, त्यसैगरी रावण पनि कम शक्तिमान छैन । बाबा स्वयं भन्नुहुन्छ – माया धेरै बलवान् छ, दुस्मन हो । मानिसहरू भन्छन्– बाबा हामीले हजुरलाई याद गर्छौं, मायाले हाम्रो यादलाई नै भुलाइँदिन्छ । एक अर्काका दुस्मन भए नि । बाबा आएर मायामाथि विजय प्राप्त गराउनु हुन्छ, मायाले फेरि हराइदिन्छ । त्यसैलाई किताबहरूमा देवता र असुरहरूको युद्ध भनेर देखाएका छन्, तर यस्तो कुनै कुरा हुँदैन । युद्ध त यो हो । तिमीले बाबालाई याद गरेर देवता बन्छौ । मायाले यादमा विघ्न पार्छ, पढाइमा विघ्न पार्दैन । यादमा नै विघ्न पर्छ । घरीघरी मायाले भुलाइदिन्छ । देह अभिमानी बनेपछि मायाको थप्पड लाग्छ । जो कामी (विकारी) छन्, उनको लागि एकदम कडा शब्द भन्ने गर्छन् – यहि नै रावणराज्य हो । बाकी रावण र रामको कथा मित्थ्या हो । ती सबै शरीरका ड्रामा हुन् । आत्माले ड्रामा गर्दैन । यहाँ पनि सम्झाइन्छ– पावन बन, तैपनि बन्दैनन् । बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू ! विकारमा नजाऊ, कालो मुख नपार । फेरि पनि लेख्छन्– बाबा मायाले हराइदियो अर्थात् कालो मुख पारेर बस्छन् । गोरो र कालो हुन्छन् नि । विकारी कालो र निर्विकारी गोरो हुन्छन् । श्याम–सुन्दरको पनि अर्थ तिमीहरू सिवाय दुनियाँमा अरु कसैले जान्दैनन् । कृष्णलाई पनि श्याम सुन्दर भन्ने गर्छन् । बाबाले कृष्णको नामको अर्थ सम्झाउनु हुन्छ – कृष्ण स्वर्गको एक नम्बर राजकुमार थिए । सुन्दरतामा नम्बरवान हुन्छन् । फेरि पुनर्जन्म लिँदा लिँदा तल उत्रिँदै कालो बन्न पुग्छन् । त्यसैले नाम राखिएको छ – श्याम सुन्दर । बाबा सम्झाउनुहुन्छ – शिव बाबा त सदासुन्दर हुनुहुन्छ । उहाँ आएर बच्चाहरूलाई श्याम सुन्दरबाट सदा सुन्दर बनाउनुहुन्छ । बाबाद्वारा नै पतित, कालो पनि पावन सुन्दर हुन्छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल