Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राजिलका स्टार नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलपछि भावुक बनेका नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त भएको घोषणा गरे। उनले भने, “मैले धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो।”

खेलमा नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक २–१ को जित दिलाए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

चोटका कारण लामो समय मैदानबाहिर रहेका नेयमारले यस विश्वकपमा सीमित अवसर मात्र पाए। उनले समूह चरणको सुरुआती खेलहरू गुमाएका थिए भने त्यसपछि स्कटल्यान्ड र नर्वेविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले राष्ट्रिय टोलीका लागि १३० खेल खेल्दै ८० गोल र ५९ असिस्ट गरेका छन्। उनी ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा अन्तर्राष्ट्रिय करियरबाट बिदा भएका छन्।

नेयमारले सन् २०१४, २०१८, २०२२ र २०२६ गरी चार विश्वकप खेले पनि ब्राजिललाई विश्वकप उपाधि दिलाउन भने सफल भएनन्। यद्यपि उनले सन् २०१३ को कन्फेडेरेसन्स कप जितेका थिए भने २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाउन कप्तानी गरेका थिए।