Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राजिललाई उछिन्दै भारत दोस्रो संक्रमित देश

काठमाडौं । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् । यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार यो समाचार तयार पार्दासम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।