Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्रेक फेल भएर स्करपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

सुनसरी । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए ।

पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ ।


सम्बन्धित समाचार