Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । मान्छेमा क्रूरता पनि कतिसम्म हुन्छ ? धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले ब्लेडले घाँटी रेटेर प्रेमिकाको हत्या गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका(५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको प्रेमी जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डलले हत्या गरेका हुन्। गत मंसिर ८ गते रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा प्लास्टिकको बोरामा बेरेर फालिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा उनको हत्या आरोपमा धनुषा प्रहरीले रामललितसहित सोही स्थानका २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई पक्राउ गरेको थियो। चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको थियो। रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएको र रेखा आएपछि ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल