Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भट्टको राजीनामा ढुंगानाले बुझिनन्, आगामी क्याविनेटले गर्नेछ गभर्नर नियुक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले उल्लेख गरेको छ । उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरबारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए । शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको छ । कांग्रेसका महामन्त्री गगन थापासहितले यसबारेमा सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि गभर्नर नियुक्तिको विषय टुंग्याउन लागिएको छ । सम्भवतस् शुक्रबारै बस्ने अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले भट्टसहित तीनजनाको नाम नयाँ गभर्नरमा सिपारिस गर्ने सम्भावना छ । दुई दलबीच कुरा नमिलेको अवस्थामा कांग्रेस सभापति देउवाले नै प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएपछि भट्ट गभर्नर हुने सम्भावना बलियो भएको हो । बुधबारको बालुवाटार बैठकमा देउवाले गभर्नरका लागि अर्थशास्त्री डा। भट्टको नाम प्रस्ताव गरेको बताइएको छ । भट्टअर्थशास्त्रमा पीएचडी उपाधि प्राप्त गरेका व्यक्ति हुन् । गभर्नरका लागि यसअघि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र प्रसाद ढुंगाना, राष्ट्र बैंककै कायममुकायम गभर्नर निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीसहित दौडमा थिए । शुक्रबार सिफारिस समितिबाट तीनजनाको नाम पठाएपछि आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको नियुक्तिको विषयलाई टुंगो लगाउने भएको छ ।


सम्बन्धित समाचार