Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौमा संक्रमित ३९ हजार पुग्ने अनुमान

काठमाडौं । संक्रमितको संख्या दैनिक सयौंको मात्रामा बढिरहेको बेला नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ । त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ । कोरोना संक्रमितको संख्यालाई १५ हजारभित्र समिति राख्न सकिन्छ भन्ने राणनीति अनुसार काम गरेको भए पनि त्यो बढ्ने देखिएको उनले सुनाए । अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ । साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । तर सरकारले भने भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ । मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीका अनुसार त्यति संक्रमित हुँदा चाहिनसक्ने सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर लगभग तयार छ । उनकाअनुसार अहिले एक हजार भेन्टिलेटर र १८०० आईसीयू छन् ।
मन्त्रालयको तथ्यांकअनुसार शनिबार ७ हजार ४०० बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यसलाई बढाएर दैनिक १० हजार पुर्‍याउन थप पाँच ठाउँमा पीसीआर मेशिन जडान गरिनेसचिव अर्यालले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पतालका साथै दैलेख र डडेल्धुरामा प्रयोगशाला थपिनेछ ।