Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुक सहित मोक्तान पक्राउ

मकवानपुर । कैलाश गाउँपालिका ८ आँखेटार बस्ने ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३० वर्षीय लाल बहादुर मोक्तानलाई चैत ७ गते गोली प्रहार गरी घाइते बनाई फरार रहेका मोक्तान उनकै गाईगोठमा लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार