Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाग खोज्दा भयङ्कर

काठमाडौँ । पार्टी मिले पनि मन नमिल्दा सत्तापक्षका नेताहरू जनताबीच आलोचित छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश प्रमुखहरुको नाम सिसफारिश गर्दा आफ्नै कोटाका नेताहरु मात्र छानेपछि प्रधानमन्त्री ओलीले उनको प्रस्ताव रद्दीको टोकरीमा मिल्काउँदा अलिहे नेकपामा भयंकर विवाद चर्किएको छ । डाहा, अहंकार अध्यक्ष ओली उनको गुटले चम्काएको छ । शारीरिक रूपमा अस्वस्थ हुँदाहुँदै पनि प्रधानमन्त्री ओली आफूले पद नपाउँदासम्म जस्तोसुकै सम्झौता गर्छन् । पद पाएपछि आफूले गरेका सहमति लिखित नै किन नहोस् तोड्ने गरेको विगत छ । त्यही कारण पार्टी एकताका बेला भएका सहमति तोड्ने चाल प्रम पक्षधर नेताहरूले दर्शाएका छन् । एकताकै बेला भएको लिखितमा ओली र विष्णु पौडेलको हस्ताक्षर थियो ।
एमाले पक्षले पाएको मन्त्रालयले बजेट बढी लिने र नेताको चुनाव क्षेत्रमा बढी पैसा खन्याउने माओवादी पक्षका मन्त्रालयमा सचिव नै एमाले पक्षधर छानीछानी पठाएर काम गर्न नदिएका यथार्थता बारम्बार सार्वजनिक भएका हुन् । प्रधानमन्त्री ओलीले बोलेका कुरा पु¥याउनु पर्ने कुरा पार्टीमा उठ्यो । नीति तथा कार्यक्रम अनुसारका योजना समेत उनले कार्यान्वयनमा ल्याउन चाहेका छैनन् । एक पटक बोल्ने कार्यक्रमलाई भने चासो नदिने अवस्था यो अवधिमा दर्जनांै देखिए ।
पद पाएपछि नछाड्ने, आफू बाहेक अरूलाई राम्रो नदेख्ने, गुटका बाहेक कसैलाई उपयुक्त स्थान नदिने, आफ्नो गुटका शेरधन राईद्वारा बालिका खड्कामाथि यौन दुव्र्यवहार गरेको उजुरी पार्टीमा पुग्दा दबाउने, तत्कालिन सभामुख कृष्णबहादुर महराले राष्ट्रको हित विपरित अमेरिकी योजना मिलेनियम च्यालेन्जलाई संसदबाट पारित गर्न नमान्दा महान्यायाधिवक्ता अग्नि खरेल, सुभाष नेम्वाङ गिरोह परिचालन गरेर रोशनी शाही प्रकरण खडा गर्ने घृतराष्ट्रका रूपमा केपी ओली परिचीत हुँदैछन् । मौका पाए जे पनि यी गर्छन् ।
एमालेकालमा ओलीद्वारा प्रताडित हुँदा हुँदै पार्टीको सिद्धान्त, नीति भन्दा ओलीवादलाई स्वीकार्न बाध्य भएर वामदेवले घुँडा टेकीसकेका छन् । सबैलाई थाहा छ बर्दियाबाट गौतमलाई चुनाव हराउने ओली गुट हो । वामदेवले तत्कालिन जिल्ला कमिटीको नेतृत्व ओली गुटको रैथाने दलालहरूको कचौरा हो भन्ने बुझेका थिएनन् । वामदेव केही दिन बोलेपछि ओलीका मिठा मिठा आश्वासनको मोहमा डुबेका छन् । राजनीतिमा कपट र दुष्टको टीम भनेकै अब नेकपा ओली गुट हो । त्यो गुटका ईश्वर पोेखरेल, शंकर पोखरेल, शेरधन राई, गोकुल बास्कोटा, भानुभक्त ढकाललगायत दर्जनौँ सत्तामा छन् । महेश बस्नेत, राजेन्द्र गौतम, खगराज अधिकारी जस्ता दर्जनौले कुर्सीका आश र झण्डाको सपना देखेका छन् । स्वार्थका लागि एक व्यक्ति एक पदको एजेण्डा झलनाथ प्रधानमन्त्री बन्दा ओलीले ल्याएको सबैलाई थाहा छ । माओवादीको एजेण्डा एमालेको संसदीय अनुभवका कारण दुई धारका अध्यक्षले चुनावी एकता र चुनावपछि पार्टी एकता गर्ने सहमति गरेको हुँदा अरू नेताले नै वास्ता गरेनन् । एउटा पार्टीको दुई अध्यक्ष स्वीकार्ने तर पार्टी बैठकको अध्यक्षता यो अवधिमा एक्लै गर्ने केपी ओली मौका परे युरोपेली युनियनको डलरमा देश बेच्ने दलाल र नेपाली राजनीतिका गद्दारहरू उचालेर प्रचण्डलाई जेल कोच्न तयार नहोलान् भन्न सकिँदैन । किनकि उनलाई प्रचण्डको कुरा लगाउने षड्यन्त्रकारीहरू जनार्दन शर्मा, दीनानाथ शर्मा, वर्षमान पुन, यौन लम्पट शक्ति बस्नेतहरू छँदैछन् । उनीहरूले प्रचण्डको भन्दा केपी ओलीको चाकडी गरेको धेरै भयो । एमाले र माओवादीका इमान्दार कार्यकर्तालाई गाउँको सामन्तले गरिबमाथि गर्ने व्यवहारजस्तो छ नेताहरूको त्यस्तै छ । यो मामिलामा प्रचण्ड पनि दोषी छन् । प्रचण्डले आफ्नै छोरी–ज्वाई, भाई–भतिजा बाहेक इमान्दार कार्यकर्तालाई कहाँ कहाँ अवसर दिए खोई ? केपी ओलीले गुटको भरमा जे गरे त्यसले त्यही बेला एमालेभित्र भाँडभैलो मच्चिँदा ओलीले घुँडा टेकेकै हुन् । अहिले ओलीको छाडावाद र अहंकारविरुद्ध वरिष्ठ नेताहरू माधव नेपालले खुट्टा कमाएका छन् ।
आफ्नो आँट नहुने अरूको बाटो खोज्ने बानी परेका नेता माधवले ओलीबाट अवसर खोजेर पाउने अवस्था छैन । मन्त्रिपरिषद् गठन गर्दैमा माधव गुटबाट लालबाबु पण्डित, शेरबहादुर तामाङ, झलनाथको कोटामा गोकर्ण विष्ट, वामदेवको कोटामा रघुवीर महासेठ, स्व. रविन्द्र अधिकारी, पद्मा अर्याल मात्र थिएनन् । राष्ट्रपतिको कोटाकी थममाया थापा भनिएकै हो । बोल्न ढंग नपुग्दा शेरबहादुर तामाङले मन्त्री पद त्यागे त्यहाँ ओली गुटकै भक्त भानुभक्त ढकाललाई लगियो । स्व. रविन्द्रको ठाउँमा योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाइयो । ओलीले जनताबीच गरेका बाचा एक वर्ष ७ महिनापछि बल्ल पूरा गरेका हुन् । त्यो पनि व्यापक दबाव आएकै हो । अहिले नेकपामा नेतृत्वले जति काममा ढिलाई गर्छ त्यही रूपमा कार्यकर्तामा निराशा जनतामा आक्रोश थपिने हुन्छ । सरकारले कम्युनिष्ट पार्टी पार्टीको चरित्र देखाउन सकेन । कम्युनिष्ट पार्टीले राम्रो काम गर्छ भन्ने हो । शुरुको वर्ष आधार वर्ष भनेको भए यतिधेरै आलोचित हुँदैनथ्यो । तर प्रम ओलीले रेल र पानी जहाजको हल्ला मच्चाए । यी दुवै खर्चिला र तत्काल धुले सडकमा ट्रक कुदाएजस्तो सजिलो थिएन । गल्ती भए पनि ओलीको जय भन्नेले राष्ट्र लुट्न नीतिगत संरक्षण पाएकै छन् । पार्टी नेतृत्वको अत्याचार भने सही नसक्नु भएर नै बेलाबखत प्रकट हुने गरेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल