Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भागवण्डा मिलाउन बालुवाटारलाई सास्ती

काठमाडौँ । तीनै तहको चुनावी तालमेलको तयारीमा रहेका सत्ता गठबन्धनलाई स्थानीय निर्वानको भागवण्डा मिलाउन निकै सास्ती देखिएको छ । स्थानीय नेताहरु केन्द्रको निर्णय विरुद्ध खुलेर मैदानमा आएका बेला आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत छलफलमा सहभागी छन् । यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यससम्बन्धी रिपोर्टिङ प्रतिवेदन आउने र त्यसका आधारमा चुनावी मोडालिटी तयार हुने छ । बैठकमा शेरबहादुर देउवाको भारत भ्रमणबारे पनि समीक्षा हुने बालुवाटार स्रोतले जनाएको छ ।