Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाडा छुट नदिनेलाई अनेरास्वियुको कारवाही

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनिक सवारीमा विद्यार्थीहरुलाई छुट नदिने सवारीलाई कारवाही गरेको छ । जोरविजोरको बहाना बनाएर विद्यार्थी परिचयपत्र देखाउँदा पनि विद्यार्थीहरुलाई छुट नदिने सार्वजनिक सवारीलाई कारवाही गरिएको हो ।
अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पसले ट्राफिक प्रहरीसँगको समन्वयनमा चाबहिल चोकमा अनुगमन गर्दै छुटे नदिनेलाई कारवाही गरिएको जनाएको छ ।
यस्तै गाडीमा भाडादर, मास्क, स्यानिटाइजर राख्न आग्रह गरिएको छ । मास्क नलगाएका यात्रुहरुलाई मास्क लगाएर मात्रै चढाउन पनि आग्रह गरिएको छ ।