Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाद्र १८ मा सबै वडा अधिवेशन नहुने

काठमाण्डौ । आखिर काँग्रेसले तोकेको भदौ १८ महाधिवेशन शुरु हुने दिन सुगमलाई स्वाद दुर्गमलाई वेस्वाद हुदैछ । प्रतेक स्थानीय तहका पालिकाका वडाहरुमा १८ गते न अधिवेशन शुरु हुन्छ नत निर्वाचन समिति नै पुग्न सक्छ । सडक यातायात चलेका र सहज रुपमा गाडी पुगेका जिल्लामा वडा अधिवेशन समयमा भएपनि सडकको सहज सुविधा पुगिनसकेका पुगेर पनि वर्षादले सडक अवरुद्ध भएका जिल्लाका गाँउ पालिकाका वडाहरुमा १८ गते अधिवेशन सम्भव छैन ।

यो सत्यलाई नेपाली काँग्रेसको नेतृत्वले बुझ्छ कहिले ? पार्टी कार्यलयमा अनशन बसेका जिल्ला पार्टी सभापतिहरुले देशभरका वडा समितिको एकै दिन अधिवेशन हुनुपर्छ त भने, तर यो लगातारको झरीले बागमति प्रदेशकै रसुवा, सिन्धुपाल्चोक दोलखा, धादिङ, सिन्धुली, काभ्रेका दुर्गम गाँउमा काँग्रेसले कसरी अधिवेशन गर्छ ? त्यता तर्फ ध्यान छैन । यस्तो स्थिति कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पामा मात्र होइन गण्डकी प्रदेशको मनाङ्ग र मुस्ताङ पनि छन् । पूर्वको सोलुखुम्बु, ओखलढुङ्गा, सखुवासभा, ताप्लेजुङ्गमा समेत त्यही अवस्था छ । ती जिल्लामा काँग्रेसको निर्वाचन समितिले प्रतिनिधि खटाउछ कसरी ?

पार्टी कार्यलयमा अनशनको जात्रा प्रदर्शन गर्ने जिल्ला सभापतिहरुलाई साथ दिएका रामचन्द्र पौडेल महामन्त्री डा. शशाङ्क कोइराला, प्रकाशमान सिहंहरुमध्ये जो सुकै सभापति शेर बहादुर देउवाको स्थानमा थिए भने हवाई जाहाजको मात्र विकल्प भएको सोलु जस्तो जिल्लामा गर्थे के ? दुरदर्शी नभएको ढोगी काँग्रेसीहरुलाई यो वर्षादले दिएको चुनौती पार गर्नु भन्दा अनशन बस्नु नै उचित लाग्न सक्छ । किनभने उनीहरु उमेद्वार बन्नु छ । जितको त कुरै नगरौ जमानत जफत हुने तिर ध्यान दिएका छैनन् । पदको लोभ गर्ने तर वास्तविकताको वोध नगर्नेहरु रामचन्द्र जस्ता काँग्रेसमा धेरै छन् । यो वर्षादमा जाहाज उड्दैन गाडी कुद्दैन ।

सभापतिको उम्मेद्वार हुनु पर्ने भेला र बैठक, चाक्सीबारी, महाराजगंज, टोखा, मण्डीखाटारका हवेलीहरुमा आयोजना गर्न लगाएर जिब्रो पड्काउनेहरुलाई नेकाका प्रतिनिधिहरुले धुलो चटाउने यस्तै शंकालु चरित्र र असम्भव प्रकृयामा दवाव दिन अनशन बस्नाले हो ।