Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतका अगाडि किन झुक्छ सरकार ?

काठमाडौं। नेपालका सरकार जतिसुकै हिम्मतीला भने पनि छिमेकी भारतका अगाडि रुझेको बिराले बन्ने गरेका छन् । छिमेकी भारतको अत्याचारमा सरकारहरु लाचार बन्ने गरेको थुप्रै समय भयो । भाषणमा चर्का कुरा गरे पनि छिमेकीका टाङमुनि छिर्ने प्रवृत्तिकै कारण दार्चुलाका जयसिंह धामीहरुको हत्या भएको हो । दार्चुला घटनाबारे नेपालले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनबारे भारतले कुनै अफिसियल खबर नआएको जवाफ दिएको छ । भारतले उक्त घटनाबारे कुनै जानकारी पनि नआएको भन्दै वास्तविकताबारे बेखबर रहेको जवाफ दिएको हो । हामीसँग अफिसियल खबर छैन, दार्चुला घटनाको नेपाल सरकारको प्रतिवेदनमा भारतको एसएबसीको संलग्नताबारे सोधिएको प्रश्नमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले नियमित पत्रकार सम्मेलनमा भने, नेपालमा आन्तरिक रुपमा केही भएको हो वा छानवि भएको भन्ने पनि थाहा छैन । उनले नेपाल सरकारका तर्फबाट कुनै आधिकारिक जानकारी समेत नआएको बताए । भारतभित्र पनि यसबारे कुनै अनुसन्धान भएकोबारे जानकारी नभएको बताए । औपचारिक जानकारी आएपछि मात्र यसबारे बोल्ने बताए । दार्चुलामा जयसिंह धामीको तुइन घटनामा मृत्यु भएपछि नेपाल सरकारले छानविनका लागि समिति गठन गरेको थियो । समितिले यसै हप्ता प्रतिवेदन सार्वजनिक गरी एसएसबीको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।