Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतका प्राथमिक विद्यालय १ महिना बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ । भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।
युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराए ।
भारतमा चीन, इटाली, कोरिया र जापान लगायत अन्य देशबाट आएका मानिसहरुमा संक्रमण पाइएको भारतीय मिडियाले जनाएका छन् । अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको विमानस्थलमा चेकजाँच गरिएको छ । सरकारले सीमा क्षेत्रका गाउँहरुमा सभाका कारण हुने संक्रमणको रोकथामका लागि चेतना बढाइरहेको बताइएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल