Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भारतको दादागिरी रोक्न नेपालले बीओपी स्थापना गरेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको हो । भारतले नेपाली भूमि कालापानी (लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाइरहेको नजिकै दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना भएको हो । गत कात्तिकमा भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि समेटर राजनीतिक नक्सा प्रकाशित गरेपछि सरकारले त्यहाँ बीओपी स्थापाना गर्ने बताएको थियो । तर पोष्ट बुधबार स्थापना गरेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन गरिएको हो । सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन गरेको निर्णयअनुसार सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ । प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ ।
नेपाली भूमि अतिक्रमण गरी भारतद्वारा अनधिकृत रूपमा तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । राजनीतिक दल, तीनका भ्रातृ संस्था, नागरिक समाज सबैले एक स्वरले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग माग गर्दै राष्ट्रिय सीमा रक्षा गर्न सरकारलाई दबाब दिँदै आएका छन् । यस विषयमा सत्तारूढ र प्रतिपक्षी दुवै दलका सांसदले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता समेत गरेका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल