Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् ।
एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको मुख्यमन्त्री भगवन्त मानले बताएका छन् ।
‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो,’ भगवन्तले भने, ‘अरबिन्द केजरीवालले आफ्ना हुन् वा पराय जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ नगर्ने भन्दै आउनुभएको छ ।’
आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् । ‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ,’ केजरीवालले ट्वीट गरेका छन्
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल