Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतले पठायो राहतको दोस्रो टिप

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि दोस्रो चरणको राहत सामग्री पठाएको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सोमबार दोस्रो चरणको राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी सीडीओ श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरे। अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ ब्याग र कम्बलसहित सोमबार ९ टन राहत सामग्री नेपालगन्ज ल्याइपु¥याइएको हो। भारतीय वायुसेनाको विशेष विमान सी–१३० मार्फत सो सामग्री नेपालगन्ज पु¥याइएको भारतीय राजदूतावासले जनाएको छ। यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ। यसअघि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधिसहित ११ टन सामाग्री आइतबार पठाइएको थियो। त्यस्तै, भूकम्पले निम्त्याएको यो अवस्थामा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्ने राजदूतावासले जनाएको छ।


सम्बन्धित समाचार