Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय दबाबमा जहाज उडाइदै

काठमाण्डौ । देशको सरकार विदेशमा काम गर्ने नेपालीहरुले कमाएको पैसाले चल्छ । विश्व महामारीको कोरोनाको हाहाकारको बेला आफ्नो रोजगारी गुमाएका सयौै नेपाली विदेशमा अलपत्र पर्दा उद्दार समेत गर्दैन । भारतीय सरकारकोद दबाबमा भारतका नागरिकहरुलाई साउदी अरबीया पठाउने काममा सरकार तल्लिन्छ । त्यसको निम्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने गरि प्रयोग भएको छ ।

भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पुर्याउन क्यानले १० उडान अनुमति दिएको छ ।

यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन् । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ ।

चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपजस्ता राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता गराउनु निगमका लागि महत्वपूर्ण जिम्मेवारी पनि हो । निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । मे १५ मा ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याइएको थियो ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल