Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय राजदूत फागुन १८ मा आउने

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ मा नेपाल आउने भएका छन् । पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो । उनी फागुन १८ मा नेपाल आइपुग्ने छन् र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।

सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गरका क्वात्रा पहिला थर्ड सेक्रेटरी र त्यसपछि सेकेन्ड सेक्रेटरी भएपछि सन् १९९३ मा जेनेभा मिसनमा गएका थिए ।

त्यसअघि उनी भारतीय विदेश मन्त्रालय, मन्त्री कार्यालयको ज्वाइन्ट सेक्रेटरी, अमेरिकाका लागि वासिंगटनडिसी स्थित भारतीय राजदुतावासमा मे २०१० देखि २०१३ सम्म उच्च तहको अधिकारीका रुपमा काम गरेका थिए ।

उनी सन् २०१७ अगस्तदेखि फ्रान्सको राजदूतमा नियुक्त भएका थिए । उनलाई नेपाल ममिलाका जानकार मानिन्छ । फ्रेन्च, अंग्रेजी, हिन्दी, चाइनिज भाषा बोल्न सक्ने उनीसँग सन् २००३ र २००६ का बीचमा चीनको बेइजिङ्ग स्थित भारतीय राजदूतावासमा काउन्सलरका रुपमा काम गरेको अनुभव छ।   उनले सन् २००६ देखि २०१० सम्म नेपालमा रहेको सार्क सचिवालयमा समेत काम गरेका थिए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल